१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भारतका कारण रोकियो प्रबुद्ध समूह बैठक

काठमाडौं- पूर्वनिर्धारित नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को तेस्रो बैठक स्थगित भएको छ। शुक्रबारदेखि आइतबारसम्म काठमाडौंमा हुने तय भएको सो बैठक भारतका कारण स्थगित भएको हो। समूहमा भारततर्फका संयोजक तथा भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोस्यारीले कार्यव्यस्तताका कारण आउन नसक्ने बताएपछि निर्धारित बैठक स्थगित भएको हो।

'शुक्रबारदेखि सुरु हुने भनिएको इपिजीको बैठक स्थगित भएको छ,' इपिजीमा नेपालका सदस्य राजन भट्टराईले भने, 'अब अप्रिलमा हुने सम्भावना छ।'

भारतको उत्तराखण्डमा हालै सम्पन्न निर्वाचनमा व्यस्त बनेको र शनिबार मुख्य मन्त्रीले सपथ लिने कार्यक्रम रहेकाले कोस्यारी आउन नसक्ने जानकारी प्राप्त भएपछि बैठक हाललाई स्थगित गरिएको हो। उत्तराखण्डमा भारतीय जनता पार्टीले सरकार बनाउँदैछ। बिहीबारसम्म उत्तराखण्डको मुख्यमन्त्रीमा कोस्यारीको चर्चा चले पनि शुक्रबार उनी नहुने पक्का भएको छ।

इपिजीको तेस्रो बैठकमा विवादस्पद 'नेपाल–भारत शान्ति तथा मैत्री सन्धि, १९५०' मा केन्द्रित भएर छलफल गर्ने तयारीमा दुवै पक्ष जुटेका थिए। गत असारमा काठमाडौंमा इपिजीको पहिलो बैठक भएको थियो। त्यसपछि कात्तिकको तेस्रो साता दोस्रो बैठक नयाँदिल्लीमा भएको थियो।

प्रकाशित: ५ चैत्र २०७३ ०२:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App