१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

आयोजनाले बनाएको खाल्डो तत्काल पुर्न राज्यमन्त्रीको निर्देशन

काठमाडौं – काठमाडौँको लाजिम्पाटमा मेलम्ची खानेपानी आयोजनाले बनाएको खाल्डोमा मोटरसाइकल खस्दा एकजना घाइते भएका छन् । 

शुक्रबार बिहान चक्रपथबाट रत्नापार्क गइरहेको बा ४७ प ७४३० नं मोटरसाइकल आयोजनाले बनाएको खाल्डोभित्र खस्दा मोटरसाइकल चालक घाइते भएका हुन् । घाइतेको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । खाल्डोभित्र खसेको मोटरसाइकललाई क्रेन लगाएर बाहिर निकालिएको ट्राफिक जवान हरिकृष्ण सेढाईँले जानकारी दिए । 

मेलम्चीको खानेपानी काठमाडौँभित्र ल्याउने बहानामा जथाभावी खाल्डो भएपछि खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले तत्काल सवारी हिड्ने बाटोमा खनिएका खाल्डो पुर्न मेलम्ची खानेपानी आयोजना निर्देशनालय–२ लाई निर्देशन दिएका छन् । 

राज्यमन्त्री खड्काले बाटोमा खनिएको खाल्डो नपुर्दा व्यापक धुलो र हिँड्न गाह्रो भएको जनगुनासो आएको भन्दै यसअघि पनि सम्बन्धित निकायलाई कालोपत्र गर्न निर्देशन दिएका थिए । उनले राति मेलम्चीको काम गर्न निर्देशनालयलाई आग्रह समेत गरेका छन् ।

प्रकाशित: ४ चैत्र २०७३ ०६:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App