१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल रद्ध

काठमाडौँ–नेपाल र बंगलादेशबीच हुने भनिएका दुइ मैत्रीपूर्ण खेल रद्ध भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।
बंगलादेशको फुटबल फेडरेसनले एन्फालाई आज एक पत्र पठाउँदै आफ्नो राष्ट्रको सुरक्षा अवस्था सुदृढ नभएको भन्दै तत्कालका लागी खेल खेलाउन नसकिने जनाएको हो। उसले भनेको छ ‘ हामी तोकिएको मितिमा मैत्रीपूर्ण खेल खेलाउन असमर्थ छौँ, तसर्थ तोकिएको मैत्रीपूर्ण खेल आउँदो अगस्टमा सार्न प्रस्ताब गर्छौ।'
यस अघि नेपालले आउँदो नोभेम्बरमा हुने भनिएको एएफसी सोलिडारिटि कपको तयारीको रुपमा बंगलादेशविरुद्ध असार ३१ र साउन २ गते दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम थियो। यसमा एन्फाले जापानी प्रशिक्षक जियोता कोजुको प्रशिक्षणमा  अनिल गुरुङको कप्तानी २१ सदस्यीय टोलीको घोषणा गरेको थियो।

 

प्रकाशित: २६ असार २०७३ ०९:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App