१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

साझा बस अागजनीमा संलग्गन रहेकाे अभियाेगमा विप्लबका कार्यकर्ता पक्राउ

काठमाडाैं– साझा बसमा अागजनी गरेकाे अाराेपमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्तालार्इ पक्राउ गरेकाे छ। 

उक्त पार्टीका एरिया इन्चार्ज राजमान तामाङलार्इ साेमबार बालाजु प्रहरीले पक्राउ गरेकाे डिएसपी सन्ताेष तामाङले बताए। 

उक्त पार्टीले फागुन २८ गते शनिबार अाह्वान गरेकाे बन्दमा बालाजु क्षेत्रमा गुडिरहेकाे बसमा यात्रु बनेर चढी पेट्राेल छर्किएर अागजनी गरेका थिए। 

अागजनीपछि ४ जनाकाे समुहमा रहेकाहरू प्रहरीले अागाे निभाउन थाल्दा भागेका थिए। अागजनीबाट बसकाे सीटमा सामान्य क्षति भएकाे थियाे । 

प्रकाशित: ३० फाल्गुन २०७३ ११:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App