१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा सांसदमाथि गोली प्रहार

कान्दहर- अफगानिस्तानको तल्लो सदनका एक सदस्यमाथि दक्षिणी प्रान्त कान्दहरमा शनिबार गोली प्रहार भएको छ।

हेल्मन्ड प्रान्तका सांसद मलिम मिर वालीमाथी शनिबार बिहान आक्रमण भएको सरकारी उच्चअधिकारीले जानकारी दिएका छन्।

आक्रमणबाट उनी सिकिस्त घाइते भएका छन्। उनको अघिल्लो भागमा गोली लागेको छ। कान्दहर क्षेत्रीय अस्पतालमा उनको उपचार गराइएको उनीहरुको भनाइ छ।

घटनाका बारेमा अनुसन्धान गर्न प्रान्तीय प्रहरीले टोली खटाइसकेको जनाएको छ । चाँडै नै दोषीलाई पक्राउ गरी घटनाविवरण सार्वजनिक गर्ने प्रहरीले बताएको छ।

आक्रमणको अहिलेसम्म कुनैपनि समुहले जिम्मेबारी लिएको छैन । गत वर्ष मात्रै अफगानिस्तान भरी भएका यस्ता आक्रमणमा परी ६५० भन्दा बढीको मृत्यु भएको र अरु ५६० भन्दा बढी घाइते भएको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएका छन्। रासस/सिन्ह्वा

 

प्रकाशित: २१ फाल्गुन २०७३ १०:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App