१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

काठको जुम्ली गाईको मूल्य १२ हजार

सदरमुकाम खलंगामा आफूले बनाएको काठको गाई देखाउँदै लालबहादुर।

जुम्ला– चन्दननाथ– ५ सिंगापुरका लालबहादुर नेपालीले काठको गाई सडकमा उभ्याएर राख्दा हेर्नेहरु दंग परे। उनीहरुले पालैपालो गाईसँग तस्वीर खिचे। कसैले गाई डोर्याए जस्तो गरे। कसैले गाईको बाछी समाए त कसैले दुध दुहे। उनीहरुको क्रियाकलाप हेर्दा लालबहादुरले गाई सडकमा बाँधेर घास खुवाउँदैछन र  दुध दुहुँदैछन झैं लाग्थ्यो।

कसैले त गाउँबाट बेच्न ल्याएको गाई हुन सक्ने भन्दै मूल्यसमेत सोधे । तर त्यो गाई काठको भने पछि निकै चकित परे। उनले गाई बजार आसपासका सबै स्थानमा घुमाएर देखाए। लालबहादुरलाई बधाईको ओइरो लाग्यो। आगामी गाई तिहारमा त्यस्तै बनाइदिन धेरैले आग्रह गरे।

यसअघि काठका बाघ, जरायो, खसीको साढे, गणेश भगवानको तस्वीर बनाएर चर्चामा आएका लालबहादुरले १३ दिन लगाएर फेरि गाई बनाएर खलंगामा चर्चा कमाउँदैछन्। ‘म अहिले आफ्नो सिप प्रर्दशन गर्दैछु,’ उनले भने, ‘अब व्यवसायिक रुपमा अघि बढ्छु।’ उनले काठका फरक फरक आकृतिका तस्वीर बनाएर सिप प्रदर्शन गर्ने गरेका छन्। पछिल्लो एक महिनादेखि उनी फर्निचर निर्माणको कामलाई छाडेर काठको तस्वीर बनाउनमै लागेका छन्। ‘काठको गाई बनाउन ९ हजार रुपैयाँ लाग्यो,’ उनले भने, ‘१२ हजार रुपैयाँसम्ममा बिक्री गर्ने योजना छ।’
उनी बिहान दिउँसो र साँझको पुरै समय काठका विभिन्न चित्र कोर्नमै व्यस्त हुन्छन्।

चित्र देखेर माग बढ्न थालेपछि काठको चित्र कोर्न भ्याई नभ्याई भएको उनले बताए।   गत कातिकदेखि काठका चित्र बनाउन सुरु गरेका उनले अहिलेसम्म दर्जन बढी चित्र बिक्री गरिसकेका छन्। तर गाईको चित्र बनाएको पहिलो पटक हो। नेपालको राष्ट्रिय जनावर गाई भएकोले बनाउन निकै रहर जानेको उनको भनाइ छ । आफूले बनाएको तस्वीर संग्राहलयमा राख्नको लागि निकै राम्रो हुने  उनल जिकिर गरे।

 

प्रकाशित: २३ असार २०७३ ०६:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App