१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

त्रिभुवन आर्मी सेमिफाइनलमा

बारा-वीरगन्ज युनाइटेड क्लबलाई ३–० ले हराउँदैं मंगलबार त्रिभूवन आर्मी क्लब रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीले सेमिफाइनलमा हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

आर्मीको प्रवेशसँगै प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । प्रतियोगितामा यसअघि साबिक विजेता विजय युथ क्लब, सिएमजी संकटा क्लब र हिमालयन शेर्पा क्लब सेमिफाइनल पुगिसकेका छन् ।

सिमरा रंगशालामा मंगलवार बालकृष्णले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । १६औं मिनेटमा नवयुग श्रेष्ठको पासमा बालकृष्णले गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा सन्तोष तामाङले गोल गर्दैैै आर्मीको अग्रता दोब्बर पारे । सुरुदेखि आक्रामक रुपमा प्रस्तुत भएको आर्मीले पहिलो हाफमा २–० ले अग्रदा लिँदै खेलमा पकड बनाएको थियो ।

दीपक गुरुङले आर्मीको तर्फबाट तेस्रो गोल गरे । ५५औं मिनेटमा बालकृष्णको पासमा दीपकले गोल गरेका थिए । दीपकको गोलले आर्मीलाई खेलमा पकड बनाउन थप सहज भएको थियो । तर मंगबलार आर्मीका लागी दुःखद पक्ष भने पहिलो रोजाइका गोलकिपर विकेश कुथु घाइते हुनु थियो । बल नियन्त्रणमा लिने प्रयास गर्दा विकेश विपक्षी टोलीका खेलाडीसँग ठोक्किएर घाइते भएका थिए । टाउकोमा चोट लागेका विकेशको स्थानीय अस्पतामा उपचार भइरहेको आयोजकले बताएको छ । विकेशको स्थानमा आर्मीले सुनील श्रीवास्तवलाई पोस्ट जिम्मा लगाएको थियो । राष्ट्रिय टोलीका गोलकिपर विकेश घाइते भएर मैदानबाट वाहिरिए पनि आर्मीले खेलमा नियन्त्रण राख्न सफल भयो ।

आर्मीका मुख्य गोलकिपर वाहिरिए पनि त्यसको फाइदा वीरगञ्जले उठाउन सकेन । वीरगञ्जका खेलाडी मैदानमा आपसी समन्वय मिलाउन संघर्ष गरिरहेका थिए । वीरगञ्जको समन्वय मिल्न नसकेको फाइदा उठाउँदै आर्मी खेलमा हावी हुँदै गएको थियो । हावी भए पनि आर्मीले गोलसंख्या भने थप्न सकेन ।

वीरगन्जका प्रशिक्षक सुलभजंग राणाले खेलाडीबीच तालमेल नमिल्दा पराजय गोग्नु परेको बताए । आर्मीविरुद्धको खेलमा आत्मविश्वासका साथ खेल्न नसकेको राणाले स्विकारे ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले टिमको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए । न्यौपानेले टोलीमा अझै सुधारको आवस्यकता रहेको बताए । उनले भने, ‘टोलीले सहज जित हासिल ग¥यो । तर टोलीमा अझै कमजोरी छन् । त्यसलाई आगामी खेलमा सुधार गर्न जरुरी छ ।’

मंगलबारको खेलमा आर्मीका सन्तोष म्यान अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगितामा बुधबार विजय युथ क्लब र सिएमजी संकटाले फाइनल प्रवेशका लागी प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रकाशित: २६ माघ २०७३ ०२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App