१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

वीरगन्जलाई हराउँदै आर्मी सेमिफाइनलमा

बललाई अगाडी बढाउने प्रयास गर्दै वीरगन्ज युनाईटेड क्लबका खेलाडी

बारा– खेलाडीहरुको उत्कृष्ट खेल प्रदर्शनले  त्रिभूवन आर्मी क्लबले वीरगन्ज युनाईटेड क्लबलाई हराउँदै सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

सिमरा रंगशालामा मंगलबार भएको अन्तिम क्वार्टरफाईनल खेलमा वीरगन्जलाई ३–० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो। आर्मीले अब सेमिफाइनल प्रवेशका लागि शेर्पासँग खेल्ने पक्का गरेको छ ।

यसअघि साविक बिजेता बिजय युथ क्लब, सिएमजी संकटा क्लब र हिमालयन शेर्पा क्लब सेमिफाईनलमा प्रवेश गरिसकेका छन् । खेलको १६ मिनेटमा आर्मीका बालकृष्णले पहिलो गोल गरी टिमलाई अग्रता दिलाएका थिए । उनले नवयुग श्रेष्ठले मिलाएको पासलाई सदुपयोग गर्दै गोल गर्न सफल भएका थिए ।

पहिलो हाफ थपिएको ईन्जुरी समयको दुई मिनेटमै आर्मीका सन्तोष तामाङले दोस्रो गोल गरेका थिए। सुरुवातदेखि नै आक्रामक खेल देखाएको आर्मीले पहिलो हाफको ईन्जुरी समयमा दोस्रो गोल गरी खेलमा २–० को स्थितिमा पु¥याएका थिए ।

खेलको ५५ मिनेटमा बालकृष्णले मिलाएको पासमा दीपक गुरुङले गोल गरी टिमलाई जितका बाटोमा उभ्याएका थिए।
खेलमा दुई गोलले पछि परेपछि निकै दवावमा देखिएको वीगन्जको प्रदर्शन निकै कमजोर देखियो । वीरगन्जका खेलाडीबिच तालमेलको निकै अभाव देखियो । उपाधीकै दाबेदारको रुपमा हेरिएको आर्मीले दोस्रो हाफमा पनि निकै तालमेल देखाउँदै तेस्रो गोल थप्यो ।

त्यसअघि आर्मीका गोलरक्षक बिकेश कुथु गम्भीर घाइते हुँदै मैदानबाट बाहिरिन पुगे। बल नियन्त्रणमा लिने क्रममा खेलाडीसँग ठोक्किएपछि कुथु घाइते भएका हुन्। टाउकोमा चोट लागेका कुथुको स्थानिय अस्पतामा उपचार भइरहेको छ । उनको स्थानमा सुनिल श्रीवास्तव आएका थिए।

दोस्रो हाफको खेल पूर्णरुपमा आफ्नो नियन्त्रणमा लिएको आर्मीले गोल गर्ने केही अवसर भने चुकाएका थिए। तालमेलको खोजीमा देखिएकोले कुनै आकर्षक अवसर बनाउन नसक्दा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरियो ।

वीरगन्जका प्रशिक्षक सुलभजंग रानाले खेलाडीबिच तालमेल नमिल्दा पराजय भोगेको बताए। आर्मीजस्तो बलियो टिमसँग आफ्नो खेलाडीले खेल्न नसकेको उनले प्रतिक्रिया थिए। आर्मीका प्रशिक्षक नविन न्यौपानेले टिमको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए। आफ्नो टिमले अझै केही अवसर गुमाउन पुगेको भन्दै न्यौपानेले त्यसलाई सुधार गर्दै खेल्नुपर्ने बताए ।
खेलको म्यान अफ दि म्याच आर्मीका सन्तोष तामाङ घोषित भए ।

प्रतियोगिताअन्तर्गत फाइनल प्रवेशको लागि बुधवार बिजय युथ क्लब र सिएमजी संकटाबिच खेल हुनेछ ।
 

प्रकाशित: २५ माघ २०७३ १३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App