१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संविधान संशोधन गर्ने कबुल गरेर मन्त्री भएको होइनः खड्का

माठमाडाैं– नवनियुक्त महिला, बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले आफू संविधान संशोधन गर्न सघाउने कबुल गरेर मन्त्री नबनेको स्पष्ट पारेका छन्। ‘प्रधानमन्त्रीले मलाई केही भन्नुभएको पनि छैन, मैले पनि मलाई मन्त्री बनाईदिनु पर्यो भनेर कसैसँग भनेको छैन, संशोधन प्रस्ताव पारित गराउनको लागि हामीलाई मन्त्री बनाइएको हो भनेर यहाँ अनुमानका वायुपंखी उडाउने काम भयो, अब अनुमानको कुरा गर्नेसँग मेरो भन्नु केही पनि छैन्।’

मन्त्री खड्काले संविधान संशोधन गर्नुपर्छ भनेर आफूले पहिलेदेखि नै आवाज उठाउँदै आएको र संविधानका धेरै बुँदाहरुमा आफूले संशोधन हालेको उल्लेख गर्दै भने, ‘यो संविधानमा सबैभन्दा धेरै संशोधन हाल्ने भनेको मै हुँ, संविधान संशोधन गर्नुपर्छ भनेर मैले अधिकांश बुँदाहरु संशोधन प्रस्ताव हालेको छु, मैले हिमाल, पहाड र मधेशलाई जोड्नुपर्छ भन्दा मेरो विरुद्धमा बोल्दा म कानको डाक्टरसँग जानुपर्यो।’

उनले संविधान कार्यान्वयनलगायत अन्य कुरामा पनि अहिलेको संसदीय संरचनाअनुसार प्रमुख दलहरु मिलेर जानुको विकल्प नभएको बताए। उनले भने, ‘प्रमुख दलहरु एकताबद्ध हुनुपर्छ, धु्रवीकरण भएर अघि बढ्दा समस्याको समाधान हुन सक्दैन्।’
उनले आफूले नेतृत्व गरेको मन्त्रालय विकासका परियोजनासँग नजोडिएको भए पनि जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकोले पनि महत्वपूर्ण भएको उल्लेख गर्दै भने, ‘८० प्रतिशत जनताको दायित्व बोकेको मन्त्रालय हो, समय कम छ, तर म काम गर्न तयार छु।’ उनले आफ्नो लागि समय कम भए पनि यो बीचमा धेरै महत्वपूर्ण काम गर्न सक्छु भन्ने आत्मविश्वास रहेको समेत बताए।

मन्त्री खड्काले महिला हिंसालगायतका घटनाहरु नेपालमा धेरै भएकोले यसको लागि तत्काल उद्दार टिम निर्माण, जेष्ठ नागरिकहरुलाई समय व्यतित गर्नको लागि प्रत्येक टोलमा एक केन्द्र गठन गर्ने, सडक बालबालिकाहरुको लागि काम गर्नेलगायतका आफ्ना योजनाहरु रहेको र यसमा केही राम्रो काम प्रारम्भ गर्नसके मात्रै पनि ठूलो उपलब्धि हुने विश्वास व्यक्त गरे।

प्रकाशित: ७ माघ २०७३ ०८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App