२५ भाद्र २०८१ मंगलबार
image/svg+xml
समाज

भारतमा नेपालीको बिचल्ली

बैतडी- लकडाउनका कारण भारतका विभिन्न सहरमा रोजागारी गर्न गएका नेपाली बिचल्ली परेका छन् । घर फर्कदा बाटोमा र काम गर्ने कम्पनी बन्द हुँदा समस्यामा परेका छन् । कोरोना भाइरसले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएपछि भारतले लकडाउन घोषणा गरेपछि रोजगारीको लागि भारत गएका नेपाली अलपत्र परेका हुन् ।

रोजगारीको सिलसिलामा भारतका विभिन्न स्थानमा रहेका नेपालीहरुले स्वदेश फर्काउने पहल गरिदिन सरकारसँग आग्रह समेत गरेका छन् । भारतमा लगातार कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको र लकडाउनका कारण रोजीरोटीमा धक्का लागेकाले छाक टार्नै मुस्किल भएको उनीहरुले बताउँछन् ।

भारतको मुम्बई धेरै नेपाली समस्यामा परेको बैतडीको मेलौली नगरपालिका–७ पच्कोरा घर भएको किशोर कार्कीले बताए । सबै कम्पनीहरु समेत बन्द हुँदा छाक टार्न समस्या भएको उनी बताउँछन् । भारतमा कोरोना संक्रमण बढ्दै गएको र काम गर्न समेत नपाइएका भारतमा धेरै नेपालीहरु समस्यामा परेको मुम्बइमा कार्यरत पञ्चेश्वर गाउँपालिकाका नरेन्द्र चन्दले जानकारी दिए ।

लकडाउनले रोजगारी खोसिएसँगै बेहाल भएको दिल्लीमा अलपत्र अवस्थामा रहेका दोगडाकेदार गाउँपालिका–३, श्रीकोटका नरेश धामीले बताए । लकडाउन भएदेखि खान बस्न समस्या भएको उनले बताए । अलपत्र परेका नेपाली नागरिकमध्ये अधिकांश सुदूरपश्चिम प्रदेशका रहेका भारतको दिल्लीमा बिचल्लीमा परेको दोगडाकेदार ८ कालागाँउका डम्बर बिष्टले जानकारी दिए । बैंगलोरबाट घर फर्किन भने आएका बैतडीका ५० जना दिल्लीमा ४१ दिनदेखि अलपत्र परेका हुन् ।

खानाको लागि केही दिन अगाडि राहत पाएको भए पनि आजभोली कसैले पनि चासो नदिएको गणेश बिष्टले गुनासो गरे । भारतस्थित नेपाली राजदूतावासमा पनि उद्धारका लागि गुहारे पनि केही सुनुुवाइ नभएको उनले बताए । अलपत्र मजदुरको उद्धारको लागि पहल थालिने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । अलपत्र मजदुर समस्यामा रहेको भए तथ्यांक संकलन गरि परराष्ट्र मन्त्रालयमा पठाइने जानकारी दिए ।

प्रकाशित: २४ वैशाख २०७७ ०६:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App