सरकारमा दुई मन्त्री थपिँदै, खड्का र सिंह मन्त्री बन्ने

बुधबार, ०५ माघ २०७३, १६ : ३५ नागरिक

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकार विस्तारको तयारी गरेका छन्। दाहालले साना दलबाट दुई जना मन्त्रीलाई सरकारमा सहभागी गराउन लागेका हुन्। प्रधानमन्त्री दाहालले सरकार गठन भएको साढे पाँच महिनापछि सरकार विस्तार गर्न  लागेका हुन्। दाहालले बिहीबार अखण्ड  नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहलाई सरकारमा सहभागी गराउने भएका हुन्।

खड्काले महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय र सिंहले खानेपानी मन्त्रालयको जिम्मेवारी पाउने भएका  छन्।  प्रधानमन्त्रीले दुवै जनालाई दिने मन्त्रालयको जिम्मेवारीसहितको पत्र राष्ट्रपति कार्यालयमा पठाएका छन्।

प्रधानमन्त्रीले फोरम लोकतान्त्रिक र राप्रपालाई सरकारमा सहभागी गराउने प्रयास गरेका थिए। फोरम लोकतान्त्रिक र राप्रपा तत्काल सरकारमा सहभागी नहुने भएपछि साना दलबाट खड्का र सिंहलाई सरकारमा सहभागी गराउन लागेका हुन्। साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित भएका दाहालले यसअघि चौथो पटकसम्म सरकार विस्तार गरिसकेका छन्।








यसमा तपाईको मत

अन्य समाचार

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

गत वर्ष सार्वजनिक र रिलिज भएको आइफोन टेन आर (XR) अब भारतमा निर्माण हुन थालेको हो । ...

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

Ncell Footer Ad