चिनियाँ जहाज र पाइलट तयार, यात्रु छैनन्

बुधबार, ०५ माघ २०७३, ११ : २४ सुशील भट्टराई  | @sushbhattarai

काठमाडौं–प्राविधिक समस्याका कारण डेढ महिना थन्किएको नेपाल वायुसेवा निगमको एउटा चिनियाँ जहाज मर्मतपछि बल्ल उड्न तयार भयो । त्यहीअनुसार निगम व्यवस्थापनले दुई गन्तव्यका लागि उडान तालिका सार्वजनिक ग¥यो ।

निगमले मर्मतपछि आइतबार (माघ २ गते) तयार पारेको १८ सिट क्षमतायुक्त ‘वाई१२–ई’ सिरिजको एकथान चिनियाँ जहाजलाई सोमबार (माघ ३ गते) काठमाडौंबाट पोखरा र भैरहवा उड्ने तालिका बनाइयो । जहाज उडाउन क्याप्टेन उद्धव घिमिरे र को–पाइलट प्रचण्ड खड्का तम्तयार भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे ।

तर, विडम्बना चिनियाँ जहाजमा यात्रा गर्न एकजना यात्रु पनि विमानस्थलमा थिएनन् । चिनियाँ जहाजबाट दुईटै गन्तव्यमा जान यात्रु नभएपछि निगम व्यवस्थापनले बाध्य भएर उडानै रद्द ग¥यो । फेरि भोलिपल्ट मंगलबार (माघ ४ गते) उक्त जहाजलाई पोखरा उडाउने तालिका बनाइयो । जसअनुसार क्याप्टेन उद्धव घिमिरे र को–पाइलट राकेश काफ्लेलाई जहाज उडाउने जिम्मेवारी दिइयो ।

‘दुवैजना पाइलट जहाज उडाउन ककपिटभित्र त छिरे तर, पछाडि यात्रु सिट सबै खालि थियो,’ सम्बद्ध स्रोतले मंगलबार नागरिकसँग भन्यो, ‘आफ्नो पछाडिका सिट खालि देखेपछि पाइलट तीनछक्क परे । अनि व्यवस्थापनले फेरि उडान रद्द ग¥यो ।’

निगमका एक अधिकारीका अनुसार प्राविधिक समस्याका कारण ४३ दिनदेखि त्रिभुवन विमानस्थलमा थन्किएको वाई१२–ई जहाजमा चीनबाट ल्याइएको सामान जडान गरेपछि गत आइतबार उडानयोग्य भएको थियो । त्यसपछि सोमबार बिहान ८ बजे पोखरा र उताबाट फर्केपछि १० बजे भैरहवा जाने तालिका बनाइएको थियो । तर, ती दुइटै उडानमा जान यात्रु भने कोही थिएनन् । मंगलबार बिहान ८ बजे पोखरा उड्ने तालिका बन्यो । त्यसमा उडानमा पनि हालत उही।

‘रित्तो जहाज उडाउने कुरा भएन, एकजना पनि यात्रु छैनन् भनेपछि चालकदललाई विमानस्थलसम्म नबोलाएको भए हुन्थ्यो,’ ती अधिकारीले लाचारी पोखे, ‘यसबाट हाम्रो बजारीकरण (मार्केटिङ) कति सुस्त र निष्प्रभावी रहेछ भन्ने पुष्टि हुन्छ । अर्को छुटाउनै नहुने तथ्य के हो भने गएको साउनदेखि पुसभित्र वाई१२–ई जहाजले मुश्किलले १० उडान पनि गरेको छैन।’

निगमले भने चीनमा तयारी अवस्थामा रहेका बाँकी चारथान चिनियाँ जहाज चाँडै ल्याउने प्रतिबद्धत दोहोर्‍याइसकेको छ। तर, यहीँ भएका जहाज भने पाइलट अभाव वा यात्रु अभावसँगै प्राविधिक समस्याका कारण उडाउन सकेको छैन।

गत पुस ११ मा निगमले ‘चिनियाँ जहाज निर्माता कम्पनीका अधिकारीसँग भएका छलफल एवं बैठकका माइन्युटलाई दृष्टिगत गर्दा एमए–६० र वाई१२–ईको सञ्चालन सम्बन्धमा देखा परेका मर्मत–सम्भार, पुर्जा तथा तालिमको मूल्य, बिमालगायत समस्या समाधान गर्न चिनियाँ पक्षले सक्दो सहयोग गर्ने प्रत्याभूति दिएपछि बाँकी जहाज ल्याउन लागिएको’ पुनः घोषणा गरेको थियो।

अर्को चिनियाँ जहाज एमए–६० को सिट भराइ दर (अकुपेन्सी) २५ प्रतिशतभन्दा माथि नजानुलगायत कारण चिनियाँ जहाजले निगमलाई डुबाउने निश्चित भएको निगमकै अधिकारीहरूो भनाइ छ ।

सम्बद्ध अधिकारीका अनुसार ५६ सिट क्षमतायुक्त ‘मोडर्न आर्क’ (एमए–६०) सिरिजको एक थान र १८ सिटे एक थान वाई१२–ईले काठमाडौंबाट दैनिक दुई–दुई उडान गर्ने तालिका छ । एमए–६० ले विराटनगर, धनगढी, भद्रपुर र नेपालगन्ज तथा वाई१२–ईले सिमरा, भैरहवा र पोखरा उडान गर्ने तालिका छ ।

अहिले निगमसँग रहेका दुइटै चिनियाँ जहाज चीनबाट अनुदानमा प्राप्त भएका हुन् । ल्याउन बाँकी चारथान भने सहुलियत ऋणमा खरिद गरिएका हुन् । निगमको तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनले मन्त्रिपरिषदको निर्णयपछि गत कात्तिकमा बाँकी जहाज ल्याउन निगमलाई निर्देशन दिएको थियो । निगमले पहिलो चरणमा एकथान एमए–६० र एकथान वाई१२–ई मात्र ल्याउने तयारी गरेको छ । ‘अरू उपाय नै छैन, बाध्य भएर बाँकी जहाज ल्याउनैपर्ने अवस्था आयो,’ निगमका एक उच्च अधिकारीले भने ।

वाई१२–ईले २०७१ माघबाट २०७२ कात्तिकसम्म नौ महिना उडान गर्दा १ करोड २२ लाख ८८ हजार १ सय रुपैयाँ आम्दानी गरेको थियो । तर, उक्त एक वर्ष वाई१२–ई उडाउन ६ करोड ७५ लाख ६३ हजार ९ सय ४७ रुपैयाँ सञ्चालन खर्च लागेको थियो । चिनियाँ जहाज आएपछि प्रशस्त आम्दानी गर्ने र बजार हिस्सा वृद्धि गर्ने व्यापारिक योजना बनाएको निगमले वाई१२–ईको नौ महिनासम्म उडाउँदा निगमले ५ करोड ५२ लाख ७६ हजार रुपैयाँ नोक्सान बेहोरेको थियो ।  
 

दुई क्याप्टेन निलम्बित
नेपाल वायुसेवा निगम व्यवस्थापनले चिनियाँ वाई१२–ई जहाज उडाउने दुईजना क्याप्टेनलाई निलम्बन गरेको छ । निगमले वरिष्ठ क्याप्टेन निपेन्द्र भट्टराई र क्याप्टेन सञ्जयबादे श्रेष्ठलाई निलम्बन गरेको हो ।

चिनियाँ जहाज उडाउन पाइलटको खडेरी परेका बेला व्यवस्थापनले दुई क्याप्टेनलाई ‘नियतबस’ निलम्बन गरेको सम्बद्ध स्रोतले दाबी गरेको छ । वाई१२–ई जहाज कमान्ड गर्न निगमसँग जम्मा चारजना मात्र क्याप्टेन छन् । तीमध्ये एकैचोटि दुईजनालाई निलम्बन गरेपछि उडान प्रभावित भएको स्रोतले बतायो ।

‘निगमको उडान सञ्चालन (अपरेसन) विभागका निर्देशक वरिष्ठ क्याप्टेन आरके (रविन्द्रकुमार) शेरचनले क्याप्टेन भट्टराई र श्रेष्ठलाई वाई१२–ई जहाजबाट लुक्लाका लागि ‘प्रुभिङ फ्लाइट’ गर्नैपर्छ भनेपछि उनीहरूले लुक्ला उडान नगरेको लामो अवधि भएकाले नसक्ने जानकारी दिएका थिए,’ स्रोतले भन्यो, ‘त्यसको ४३ दिनपछि महाप्रबन्धक सुगतरत्न कंसाकारको हस्ताक्षरसहित आएको पत्रमा ‘आफूभन्दा माथिका पदाधिकारीलाई अभद्र व्यवहार गरी पदअनुसार आचरण पालना नगरेको’ भन्दै स्पष्टीकरण सोधिएको थियो ।’

स्रोतका अनुसार दुवै क्याप्टेनले स्पष्टीकरण पेस गरेको १५ दिनपछि अपरेसन विभागका निर्देशक शेरचनले टेलिफोनबाट ‘अर्को सूचना नआउन्जेल उडान नगर्नू’ भन्ने आदेश दिएका थिए । निलम्बनमा परेका वरिष्ठ क्याप्टेन भट्टराई अपरेसन विभागअन्तर्गत आन्तरिक उडानका उपनिर्देशक थिए । तर, माथिल्लो तहबाट काममा ‘हस्तक्षेप र अनावश्यक दबाब’ बढेपछि उनले गत कात्तिक ४ गते पदबाट राजीनामा दिएर उडानमा फर्किएका थिए ।








यसमा तपाईको मत

अन्य समाचार

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad