१५ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोरोना जितेर घर फर्केका युवा भन्छन्, ‘आत्मबल नै मुख्य औषधि रहेछ’

धनगढी- कोरोना भाईरस (कोभीड १९) को संक्रमित धनगढी उपमहानगरपालिका वानं ५ का अमृत शाही निको भएर घर फर्केका छन।  उनी सुदूरपश्चिममा पहिलो र नेपालको चौथो संक्रमित हुन।  उनको नमुना जाँच गर्दा नेगेटिभ आएपछि उनी २९ दिनमा अस्पतालवाट घर फर्केका हुन।  उनको दुई वटा जाँचको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता तथा आकस्मिक कक्ष बिभाग प्रमुख जगदिश जोशीले बताए।  उनको पहिलो, दोश्रो र तेश्रो रिपोट पोजेटिभ आएको थियो भने चौथो र पाँचौ रिपोर्ट नेगेटिभ आएको उनले बताए।

कोरोनालाई जित्न इम्युनिटी पावर बढाउन, मन खुसि राख्न र आत्मवल बढाईराख्न ध्यान दिनु पर्ने उनले बताएका  छन्।

‘कोरोनाको मुख्य औषधी ईम्युनिटी र आत्मवल बढाउनु रहेछ’उनले भने।  अस्पतालमा बसेको अवधिभरी ईम्युनिटी र आत्मवल बढाउनमा आफुले पुरै ध्यान केन्द्रित गरेको उनको भनाई छ।

सथै बिहान योगाभ्यास, प्रणायाम गर्ने गरेको उनले बताए।  ‘सधै म बिहान ७ पटक हुनुमान चालिसा पढ्थे, यो पढ्दा मलाई मनमा खुसि र आत्मवल बढेको महसुस हुन्थ्यो’उनले भने।  प्राय दिनभरी डान्स गर्ने गरेको उनले बताए। ‘डान्स गर्दा म बिरामी छु भन्ने  याद हुन्थेन र मन खुसि हुन्थ्यो’उनले सुनाए।  यसैगरि ईम्युनिटी बढाउन योगअभ्यास, डान्सका साथै खानपिनमा पनि ध्यान दिने गरेको उनले बताए।  हल्दी, अदुवा र वोझो हालेको तातो पानीले वाफ लिने गरेको पनि उनले बताए।  उपचार गराईरहेका संक्रमितलाई हरेश नखाएर इम्युनिटी र मनोवल बढाउन सुझाव दिएका छन।  ५ बर्षदेखि दुवईको एक कम्पनीमा काम गर्ने उनी दुवईबाट चैत ७ गते दिल्ली आएर काठमाडौं आएका थिए।  चैत ८ गते काठमाडौंबाट बुद्ध एयरबाट नेपालगंज हुदै उनी धनगढी आएका थिए।  ज्वरो र खोकीको समस्या देखापरेपछि चैत ११ गते सेती प्रादेशिक अस्पतालमा उपचारका लागी गएका थिए।  उनको ट्रभल हिस्ट्रि हेरेर आईसोलेसनमा राखेर थ्रोट स्वाव संकलन गरेर जाँच गर्दा चैत १४ गते उनलाई संक्रमण भएको पुष्टि भएको थियो।   उनी संगै सेती प्रादेशिक अस्पतालमा उपचार गराईरहेका २ जना निको भएर घर  फर्केका छन।  यस अघि दुईदिन अघि गत आइतबार कैलाली लम्की चुहा नगरपालिका वानं ९ प्रतापुर का २१ बर्षिय युवा राज बि.क. उपचार पछि निको भएर घर फर्केका थिए।  कोरोना भाईरसको संक्रमणको पुष्टि भएपछि चैत २२ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका युवक १६ दिनमै निको भएर घर फर्केका थिए।  सुदूरपश्चिममा ५ जना संक्रमित मध्य २ जना घर फर्केका छन भने ३ जना सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ।  धनगढी उपमहानगरपालिका वानं ५ का ३४ बर्षिय महिला र कंचनपुर बेदकोट नगरपालिका वानं १० का ४१ बर्षिय पुरुष र लम्की चुहा नगरपालिका १ का ६५ बर्षिय महिलाको उपचार भैरहेको छ।  तीन जनाकै अवस्था समान्य रहेको चिकित्सकले बताएका छन।

देशभरीमा ३२ जना संक्रमितमा उपचार पछि निको हुनेको संख्या ५ पुगेको छ।  सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म पिसिआर बिधीद्वारा २ हजार ६ सय १७ जाँच भएकोमा २ हजार ६ सय १२ को नेगेटिभ आएको छ।  

भने र्यापिड डाईग्नोस्टिक टेष्टवाट ७ हजार ३ सय ७ को जाँच भएकोमा ७ हजार ३ सय ५ नेगेटिभ आएको छ।  र्यापिड टेष्ट वाट पोजेटिभ आएका २ जना पिसिआर नेगेटिभ आएको जनाइएको छ।

 

 

प्रकाशित: ९ वैशाख २०७७ १३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App