४ पुस २०८१ बिहीबार
image/svg+xml
अन्य

हजुरआमाको न्यानो काख

पृथ्वीराज चौहान, कक्षा ८,
अक्षरा स्कूल, काँडाघारी, काठमाडौं ।

मेरी हजुरआमा हिरामाया चौहान मेरा लागि ईश्वरको बरदान हुनुहुन्छ । म उहाँकै काखमा हाँस्दै, खेल्दै, रुँदै हुर्केको हुँ । अहिले पनि उहाँकै माया, प्रेरणा, हौसला र सहयोगले अघि बढिरहेको छु ।  

म चार महिना भएदेखि उहाँको न्यानो मायामा लुटुपुटु गर्दै हुर्कें । तातेताते गर्दै हिँड्न सिकें । तोते बोली बोल्न सिकें । उहाँले मलाई ‘फुच्ची केटी’ भनेर बोलाउँदा हाँस्दैहाँस्दै दौडेर आउँथे रे ! बाल्यकालका सबै कुरा सुन्दा आज मलाई कथा सुने जस्तो लाग्छ । अचेल म कहिलेकाहिँ ठट्टा गरेर उहाँलाई ‘फुच्ची केटी’ भनेर बोलाउँछु । त्यतिवेला उहाँ असाध्यै खुसी भई मेरा बाल्यकालका रोचक कुरा सुनाउन थाल्नुहुन्छ । 

म आमाबाबालाई भन्दा पनि हजुरआमालाई धेरै माया गर्छु । कहिँकतै घुम्न जाँदा उहाँलाई केही न केही उपहार ल्याइदिन्छु । उहाँले मलाई सभ्य, संस्कारी र असल बन्न सिकाउनु भएको छ ।  

भोजपुरमा ८७ वर्ष पहिला उहाँको जन्म भएको थियो । चैत १४ गते उहाँको जन्म दिन । यसपाला लकडाउनका कारणले धुमधामसँग जन्म दिन मनाउन पाइएन । यद्यपी मैले उहाँलाई शुभकामना कार्ड बनाएर दिएँ । आमाले पकाउनु भएका विशेष परिकार पनि खुवाएँ । 

उहा“ बुढेशकालमा हिँड्दै हुनुहुन्छ । सकारात्मक सोच, सादा जीवन र साकाहारी खानपानले गर्दा निरोगी र फूर्तिलो हुनुहुन्छ । उहाँ बिहान ४ बजे उठनुहुन्छ नित्यकर्म सकेर पूजापाठ र ध्यानमा २ घण्टा विताउनुहुन्छ । हामीलाई दैनिक टीका प्रसाद र आर्शिवाद दिनुहुन्छ । हामी पनि उहाँलाई खुट्टामै ढोग्छौं । यसरी हाम्रो प्रत्येक दिनको सुरुआत हुन्छ । 

उहाँले मलाई आफुले गरेका संघर्षपूर्ण जीवनको कथा सुनाउनु हुन्छ । त्यस्ता कथा सुन्दा मलाई निकै आँट र जोश आउँछ । म त भबिश्यमा नेता पो बन्छु जस्तो लाग्छ । मेरी हजुरआमा एउटी विरङ्गनाका रुपमा मेरो मनमा बस्नु भएको छ ।

मेरा बाबा सानै हुँदा हजुरबुवा वित्नु भएको रे । मैले हजुरबुवालाई देख्न पाइन, यो मेरा लागि दुर्भाग्य हो । तर मैले हजुरआमाको मुखबाट हजुरबुबाका बारेमा धेरै कुरा सुनेको छु । र, त्यसलाई सम्झनास्वरुप मनमा राखेको छु । हजुरआमाले मलाई हजुरबुवाको कमी हुन दिनु भएको छैन । यस्ती महान हजुरआमा पाएकोमा गर्व गर्छु । 

एकल महिला भएर पनि उहाँले आमा–बाबा दुबैको भूमिका निर्वाह गर्नु भयो । उहाँ त्यो समय दुर्गम ठाउँमा जन्मेर आफू साक्षर नभए पनि शिक्षाको महत्व बुΣनु भएको थियो । त्यसैले उहाँले छोरीलाई पढाउनु हुँदैन भन्ने सामाजिक कुरितिलाई तोड्ने सहास गरेर आफ्ना २ छोरी र १ छोरालाई वनारस पढन पठाउनु भयो । म्याट्रिक पास गरेर मेरा फूपु र ठूलोबाबा नेपाल ˚र्किनु भएको भियो भने उहाँको कान्छा छोरा जिल्लाकै डिग्री पास गर्ने पहिलो युवक बन्नुभयो ।

मेरी हजुरआमा दूरदर्शी, साहसी, उच्च मनोवल र स्वच्छ विचार भएकी हुनुहुन्छ । म सधैं उहाँबाट नैतिक शिक्षाका पाठ सिक्छु जुन कुरा मैले पढ्ने कुनै कितावका पानामा पाउँदिन । एउटा असल अभिभावकत्व कसरी निभाउनु पर्छ भन्ने प्रश्नको उत्तरका रुपमा मैले उहा“लाई लिएको छु । म उहाँबाट सिकेका जिवनोपयोगी सिपहरू सधैं जीवनमा लागु गर्दै अघि बढ्नेछु । 

हजुरआमालाई मैले एउटी असल, सफल र कुशल नारीका रुपमा बुझेको छु ।

प्रकाशित: ४ वैशाख २०७७ ०३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App