३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

सुरक्षाका उपाय सहित आर्यघाटका कर्मचारी काममा

 काठमाडौं – विश्वभर महामारीको रूपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न सरकारले लकडाउन गरेको छ। मानिसको मृत्यु पछि अन्तिम संस्कार गरिने पशुपति आर्यघाटका कर्मचारी भने आफ्नो काममा खटिरहेका छन्। घाटमा काम गर्नेहरुका लागि सबै सावधानी अपनाइएको विकास कोषले जनाएको छ।

कोषले दाहसंस्कारमा संलग्न व्यक्तिहरुलाई संक्रमणबाट बच्न सबै खाले सावधानी अपनाएर काममा लगाएको बताएको छ।

‘पञ्जा स्यानिटाईजर लगायतको सामग्रीको व्यवस्था मिलाईएको छ। पशुपति क्षेत्रमा विभिन्न खाले सावधानीहरु पनि सबै अपाइएको छ’, कोषका सदस्य सचिव डा. प्रदिप ढकालले भने।

विद्युतिय शवदाह पनि सञ्चानलमा रहेको उनले बताए। तर पहिलेको भन्दा लकडाउनको समयमा थोरैमात्र शव आउने गरेको उनले बताए।

विद्युतीय शवदाह तर्फ भने दैनिक औसतमा पहिलेको जस्तै ८/९ को संख्या शव जलाइएको छ।

सरकारको लकडाउनको घोषणा गरेको पहिलो दिनदेखि पशुपति आर्यघाटमा शवको संख्यामा एक्कासी गिरावट आएको उनले बताए।

उनका अनुसार अहिलेभन्दा पनि धेरै कम मान्छे हुने समय दशैं– तिहारमा समेत औसतमा दिनको १८/१९ जनाको शव आउँथ्यो।

‘अहिले दशैं–तिहारमा जस्तो ठूलो संख्यामा मानिसहरु पनि बाहिरिहएको जस्तो लाग्दैन्। जाडो महिनामा त दिनको औसत ४५ वटासम्म शव आउने गरेको थियो। अहिले दिनको १०/१५ जना मात्रै शव आउँछ। यो अहिले सम्मकै कम शव आएको हो’, उनले भने। सुरक्षाका उपाय अपनाउँदै काम गरिएकोले कुनै समस्या नभएको उनले बताए।

 

 

प्रकाशित: २९ चैत्र २०७६ ०९:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App