१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री आज युएई जाँदै

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार युनाइटेड अरब इमिरेट्स (युएई) को औपचारिक भ्रमणमा जाने भएका छन्। 'वर्ल्ड फ्युचर इनर्जी समिट' मा सहभागी हुन युएईबाट निमन्त्रणा आएपछि उनी त्यसतर्फ जान लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री दाहालको युएई भ्रमण चार दिनको हुनेछ। भ्रमणका बेला उनले युएईका समकक्षीसँग द्विपक्षीय हितका विषयमा वार्ता गर्नेछन्। 

भ्रमण तालिका अनुसार प्रधानमन्त्री दाहाल दुई दिन ऊर्जासम्बन्धी शिखर सम्मेलनमा सहभागी हुनेछन्। सम्मेलनमा कजकास्तान, नाइजेरियालगायत देशका सरकार प्रमुख तथा विभिन्न देशका ऊर्जामन्त्रीले सहभागी जनाउने छन्। सम्मेलनमा १ सय ५० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुनेछन्।

माघ ३ देखि ६ गतेसम्म चल्ने सम्मेलनमा नविकरणीय ऊर्जा र स्वच्छ प्रविधिका क्षेत्रमा व्यापक छलफल हुनेछ। अघिल्लो वर्ष भएको सम्मेलनमा १ सय ७० देशका ३२ हजार प्रतिनिधि सहभागी थिए। यस वर्षको सम्मेलनमा अघिल्लो वर्षभन्दा पनि बढी देश सहभागी हुने जनाइएको छ।

प्रकाशित: १ माघ २०७३ ०३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App