१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चार दिन हिँडेर घर

वीरेन्द्रनगर -  रोजगारीका लागि सल्यानबाट दैलेख आएका चारजना युव चार दिन हिँडेर घर फर्केका छन्। लकडाउनका कारण सवारीसाधन बन्द भएपछि उनीहरू हिँडेर घर पुगेका हुन्।

विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसले गर्दा मुलुक बन्दाबन्दी (लकडाउन) हुँदा काम बन्द भएपछि उनीहरू हिँडेर घरसम्म पुगेका हुन्। ‘लकडाउन सुरु भएपछि काम रोकियो,’ उनीहरुमध्येका जीवन केसीले भने, ‘काम नभएपछि खानबस्न समस्या भयो अनि हिँडेर घर फर्कियौं।’

कर्णालीबाट रोजगारीका लागि विभिन्न जिल्ला गएकाहरु लामो दूरी हिँडेर घरसम्म पुगेका छन्। घरसम्म पु-याउन प्रदेश र स्थानीय सरकारले सहयोग नगरेपछि आफूहरू हिँड्नुपरेको उनीहरूको भनाइ छ। राज्यले जहाँ छ त्यही बस्नु भने पनि लकडाउन लम्बिँदै जाँदा आर्थिक अभाव भएपछि हिँडेर घर फर्किएको उनीहरूले बताए।

हिँडेर घरसम्म पुग्दा धेरै समस्या परेको अर्का मजदुर मनबहादुर खत्रीले बताए। ‘केही छाक त खानै नखाएर हिँड्यौं,’ उनले भने, ‘राति गाउँनजिकैको बाटोमै सुत्यौं।’

यस्तो बेला आफूमात्र बस्नुभन्दा घरपरिवारसँग सँगै बस्नलाई घर फर्किएको उनको भनाइ छ। ‘विपत्को बेला काम पनि रोकिएको थियो,’ उनले भने, ‘यस्तो अवस्थामा एक्लै बस्नुभन्दा घर फर्कियौं।’ स्थानीय तहलाई उद्धारका लागि अनुरोध गरे पनि उल्टै रकम मागिएको उनको भनाइ छ। उनले बाटोमा अलपत्र परेकालाई सरकारले जहाँ हो त्यहीं खाने र बस्ने व्यवस्था गर्नुपर्ने बताए। त्यसो नभए घरसम्म पु-याउने र अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने उनको भनाइ छ।

कामका लागि घरबाहिर भएकालाई सरकारले जहाँ हो त्यहीं खाने बस्ने व्यवस्था गर्नुपर्ने सुन्दर नेपालका कार्यकारी निर्देशक खेम रेग्मीले बताए। ‘अहिले रोजगारीमा गएका र काम गर्न नपाएकालाई समस्या छ,’ उनले भने, ‘उनीहरूलाई राज्यले हेर्नुपर्छ।

 

प्रकाशित: २७ चैत्र २०७६ ०१:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App