१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कोरोना विशेष अस्पतालमा मृत्यु भएका बाबुरामको शव ११ दिनपछि परिवारले बुझे

बुटवल–बुटवलको कोरोना विशेष अस्थाइ अस्पतालमा मृत्यु भएका बाबुराम थापा क्षेत्रीको शव ११ दिन पछि परिवारले बुझेका छन। चौतर्फी दवाव पछि पाल्पाली समाज,संविधानसभा सदस्य तथा मानवअधिकारकर्मीको पहलमा सामाजिक विकास मन्त्रालयमा आज भएको सर्वपक्षिय बार्ताले पाँच बुँदे सहमती गरेर शव उठाउने बातावरण बनाएको हो। थापाको आजै अन्तिम दाह संस्कार गर्ने तयारी भइरहेको मृत्तकका दाजु बिमल थापा क्षेत्रीले बताए।

कोरोना महामारीको संकटसंग जुझनु परेका बेला बार्ताकै माध्यमबाट पीडितका मागको सम्बोधन र उचित राहतको व्यवस्था सहित सहमतीको बाटो निकालीएको मन्त्रालयले जनाएको छ।

सामाजिक विकास मन्त्री सुदर्शन बरालको अध्यक्षतामा बसेको पीडीत पक्ष र अधिकारकर्मी सहितको भेलाले पाँच बुँदे सहमती गरेको छ। मृतकका परिवारलाइ राहत स्वरुप ८ लाख बढीको आधारभुत राहत कोष निर्माण गरी आर्थिक सहयोग प्रदान गर्ने,दुइ छोरालाइ उच्च शिक्षासम्म पठनपाठनमा सहयोग गर्ने र मृतककी श्रीमती रितालाई सैनामैना नगरपालिका भित्रै योग्यता अनुरुपको रोजगारी दिने लिखीत सहमती भएको संविधान सभाका सदस्य बिनोद पहाडीले बताए। राहत कोषमा बुटवल उपमहानगरपालिका,सैनामैना नगरपालिका र पाल्पाको रिब्दीकोट गाँउपालिकाले ५ लाख राहत प्रदान गर्ने सहमती भएको पहाडीले बताए। उनका अनुसार पाल्पाली समाजको तर्फबाट ५० हजार, थापा परिवारको तर्फबाट १ लाख र रिताका माइती पक्ष टण्डन परिवारका तर्फबाट डेढ लाख रुपैँया राहत कोषमा जम्मा गरी परिवारलाई उपलब्ध गराउने सहमती भएको छ।

बाबुरामका दुइ छोरालाइ बाह्र कक्षा सम्मको अध्ययनको जिम्मा सामाजिक विकास मन्त्रालयले गर्ने लिखीत सहमती भएको बार्तामा सहभागी मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय उपाध्यक्ष गोबिन्द खनालले जानकारी दिए। बाबुरामकी श्रीमती रितालाई योग्यता अनुरुपको रोजगारी सैनामैना नगरपालिकाले दिने लिखीत सहमती भएको खनालले बताए। मृत्तकको शव दाहसंस्कारकालागि लुम्बिनी प्रादेशिक अस्पताल र प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता पनि जनाइएको थियो।

३४ बर्षे बाबुरामको गत चैत १६ गते कोरोना विशेष अस्थाइ असपताल बुटवलमा मृत्यु भएको थियो। दुइ पटकसम्म गरीएको स्वाब परीक्षणको रिर्पोटमा कोरोना नेगेटिभ देखिएपछि उनलाइ कोरोना नभएको पुष्टि भएको थियो। ज्वरो आएका बिरामीलाई अस्पतालमा भर्ना भएको चार दिनसम्म स्वाव परीक्षण नगरी राखीएको र अन्य रोगको समेत समयमै निदान नहुँदा ज्यान गएको भन्दै उनका आफन्तले सत्यतथ्य छानबिनको माग गरेका थिए।

पाल्पाको रिब्दीकोट गाँउपालिकाबाट बाबुरामको परिवारकेही बर्षयता सैनामैना नगरपालिका ४ को शिशौडाँडामा डेरा गरी बस्थे। बिगत पाँच बर्षदेखि दुवइमा ट्याक्सी चालकको काम गर्ने बाबुराम चैत ६ गते नेपाल आएका हुन। आएकै दिनदेखि ज्वरो आएको र ट्राभल हिष्ट्रि तथा शंकास्पद लक्षण देखिएको भन्दै चैत १३ गते बुटवलको कोरोना आइसोलेसन अस्पतालमा उनलाइ भर्ना गरीयो। तर तीन दिनसम्म उनको स्वाब टेष्ट गरीएन। भर्ना भएको चौथो दिनमा उनलाइ स्वासप्रश्वासले च्यापेपछि स्वाब निकालेर काठमाडौं पाठाइयो।

बाबुरामको मृत्यु भएको अर्को दिन कोरोना नेगेटिभ आयो। रीताले फोनमा आफुले राम्रो उपचार नपाएको गुनासो श्रीमानले गरेको र चार दिनसम्म स्वाब परीक्षण नगरी राख्दा ज्वरोकै उपचार नपाएर मृत्यु भएको भन्दै शब बुझन मानेकी थिइनन। अस्पतालका डाक्टरहरुले भने आइसोलेसन अस्पतालमा आवस्यक उपकरण,स्वास्थ्य सामाग्री आदीको अभावका बिचमा पनि सक्दो प्रयास गरेको बताएका थिए।  लकडाउनका कारण एउटा मात्रैनमुना काठमाण्डौ पठाउन महंगो हुने भएकाले धेरै बिरामीको स्वाब संकलन गरेर एकैपटक पठाउन प्रदेश सरकारलले दिएको निर्देशनको पालना गर्दा बिरामी भर्ना भएकै दिन स्वाब ननिकालीएको प्रतिक्रिया बाबुरामको मृत्यु लगत्तै अस्पतालका डाक्टरहरुले दिएका थिए। प्रदेश सरकार र बुटवल नगरपालिकाले निकै प्रचार प्रसार सहित सुरु गरेको सो आइसोलेसन अस्पतालमा एक जना बिरामीको ज्यान गएपछि भनेभेन्टिलेटर र आइसियु निर्माणको काम भइरहेको छ।

प्रकाशित: २६ चैत्र २०७६ १३:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App