२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भोकै पशुचौपायालाई लायन्सले खुवाउन थाल्यो दानापानी

पशुचौपायालाई दानापानी खुवाउँदै लायन्सका सदस्यहरु । तस्बिर : हरिकृष्ण गौतम

म्याग्दी- विश्वभर फैलदै गैरहेको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि नेपाल सरकारले गरेको लकडाउनका कारण मानिसहरु एकान्त बासमा बसेका छन्। बेनीबजारमा रहेका होटल, रेष्टुरेन्ट, तरकारी पसल लगायत अन्य विभिन्न पसल बन्द भएपछि दुई दिनमा दुईवटा गाईगोरू रोग र भोकले मर्न थालेपछि लायन्स क्लव बेनी पिसले दाना खुवाउन सुरू गरेको छ। बेनीबजारबासी घरभित्रै बस्दा बाहिर छाडा पशुचौपाया भोकले छटपटाइरहेको अवस्थालाई मध्यनजर गरी बेनीका केही यूवाले लकडाउनको समयमा भोकभोकै रहेका पशुचौपायालाई दानापानीको व्यवस्था गरेका छन्।

लायन्स क्लव बेनी पिस सिटीका अध्यक्ष नरेश श्रेष्ठले बेनीबजारमा रहेका छाडा पशुचौपायालाई खोजी–खोजी दाना खुवाउने कार्य सुरु भएको बताए। ‘मानिसको जिउने अधिकारी जस्तै अन्य पशुपंक्षीको पनि छ,‘नबोल्ने पशुपंक्षी र प्राणीलाई समेत संरक्षण गर्नुपर्छ’ अध्यक्ष श्रेष्ठले भने। भोग र विभिन्न रोगका कारणले धमाधम पशुचौपाया मर्न थालेपछि सडकमै पुगेर दानापानी खुवाउन बेनी संगमचोकका निरञ्जन श्रेष्ठले समेत सहयोग गरेका थिए।

एकसातासम्म लम्बिएको लकडाउनको अवधिमा थप क्षति हुन सक्ने भन्दै पशुचौपायालाई रेखदेख आवश्यकता रहेको भेटेरिनरी अस्पताल पशुसेवा विज्ञ केन्द्र म्याग्दीका प्राविधिक सुवास रेग्मीले बताए। ‘बेनीका पशुचौपाया रोगी छन्,भोकभोकै मर्न सक्ने अवस्थालाई ध्यान दिनुपर्छ’ रेग्मीले भने। बेनीबजारमा करिब डेढ दर्जन पशुचौपाया छन्।

बजार क्षेत्रमा गाईसँगै कुकुर समेत धेरै भएकाले भोकै कुकुरले आक्रमण समेत गर्न सक्ने तर्फ सर्तक हुनुपर्ने पशु प्राविधिकहरुको भनाई छ। एक दशकयता साँघुरो बेनीबजारमा जिल्लाका ग्रामीण क्षेत्रबाट लुकिछिपी बूढा र रोगी गाईगोरू छोड्ने चलन बढेपछि बजार क्षेत्रमा देखिने पशुचौपायका कारण सवारी जाम र दुर्घटनाको जोखिमलाई मध्यनजर गरी उचित व्यवस्थापनको पहल समेत भइरहेको छ।

बेनीको वीरेन्द्रचोक, न्युरोड, क्याम्पसचोक, शिक्षा मार्ग, अस्पताल चोक, कालीपुल बसपार्क, गणेशटोल, संगमचोक र बालमन्दिर आसपासका क्षेत्रमा रहेका पशुचौपायालाई अर्को व्यवस्थापन नभएसम्म आफ्नो घरमा फालेको खाना वा घाँस दिन समेत अनुरोध गरिएको छ। बजार आसपासका क्षेत्रमा जंगल भएपनि त्यहाँ लैजादा पुनः बजारमै फर्किने गरेका छन्।
 

 

प्रकाशित: २६ चैत्र २०७६ ११:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App