१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

शिवराज नगरपालिकामा ६३ लाखको प्रकोप व्यवस्थापन कोष

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिकाले ६३ लाखको नगरस्तीय प्रकोप व्यवस्थापन कोष खडा गरेको छ। नगरपालिकाको कार्यपालिका बैठकले बिपद् पीडीतलाई राहत प्रदान गर्न सो कोष खडा गर्ने निर्णय गरेको हो। सो कोष जिल्लाका पालिका मध्ये सबै भन्दा बढी रकमको बिपद् कोष हो। नगर प्रमुख नेत्रराज अधिकरीले बिपद्मा परकोहरुलाई राहत प्रदान गर्न कोष खडा गरिएको बताए।

यसअघि नगरपालिकामा रहेको बिपद् व्यवस्थान कोषमा रहेको १० लाख र नगरपालिकामा अन्य शीर्षकमा रहको बजेटलाई कोषमा जम्मा गरेर ६३ लाख राशीको कोष खडा गरिएको हो। लकडाउनका कारण पीडीत भएका बिपन्न परिवार र अन्य बिपद्मा परकोहरुलाई सो कोषबाट राहत प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए। लकडाउनबाट पीडीत भएका बिपन्न परिवारका लागि राहत प्रदान गर्न बिपन्न परिवारको लगत संकलन कार्य सम्पन्न भएको उनले बताए।

११ वडामा ३६ सय बिपन्न परिवारको लगत संकलन भएको छ। त्यसमध्ये १६ सय जनालाई पहिलो चरणमा राहत प्रदान गनिरे उनले बताए। राहत वितरणका लागि नगर उपप्रमुख शिवकुमारी थारुको संयोजकत्वमा ७ सदस्यीय समिति समेत निर्माण गरिएको छ। समितिले खाद्यान्न वितरणका लागि आवश्यक सामग्री किन्न कोटेशन आवहन गरेको छ। तीन चार दिनभित्र राहत वितरण गरिने समिति संयोजक थारुले बताईन्। कोषमा सहयोगी दाताहरुबाट ८८ हजार ५ सय रुपैयाँ जम्मा भएको छ। नगरपालिकाले संचालनमा ल्याएको प्रकोप व्यवस्थापन कोषको खातामा सहयोगी दाताहरुबाट सोहि रकम जम्मा भएको नगर प्रमुख नेत्रराज अधिकारीले बताए।

कोषमा हालसम्म ६३ लाख ८८ हजार ५ सय जम्मा भएको प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताए। कोषमा नगरपालिकाले ६३ लाख रकम जम्मा गरेको छ भने खरेन्द्रपुर निवासी चन्द्रौटा टा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा शिव एण्ड सपना ट्रेर्डसका व्यवस्थापक इश्वरी पाण्डेले ५१ हजार, चन्द्रौटा निवासी क्रिष्टल डिजिटल फ्याक्स प्रिन्ट तथा स्काइ फेसन गार्मेन्टका व्यवस्थापक पदमराज पौडेलले १५ हजार, शिवपुर निवासी दिपाली निर्माण सेवाका व्यवस्थापक दर्लजन के.सी.ले ११ हजार र शिवपुर निवासी सरोज शर्माले ११ हजार ५ सय रकम कोषको खातामा जम्मा गरिदिएको पौडेलले जानकारी दिए।

 

प्रकाशित: २२ चैत्र २०७६ १०:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App