१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विदेशबाट आएकाको घरमा रातो चिन्ह

कपिलवस्तु - कपिलवस्तुको विजयनगर गाउँपालिकाले विदेशबाट आएका व्यक्तिको घरमा रातो चिन्ह राखेको छ। गाँउपालिकाको  प्रत्येक वडामा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत रातो चिन्ह राख्ने काम गरेको हो। कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिने त्रासले सावधानी अपनाउँदै बाहिरबाट आएका व्यक्तिको पहिचान गरी उनीहरको घरमा रातो चिन्ह लगाउने कार्य गरिएको विजयनगर गाँउलिकाका अध्यक्ष गोपाल बहादुर थापाले जानकारी दिए। 

भारत वा अन्य मुलुकबाट आएका नागरिकमा कोरोना सङ्क्रमणको उच्च जोखिम रहने भएकाले बाहिरबाट आएका ५ सय जनाको पहिचान भइसकेको र उनीहरुको घर पहिचानका लागि अहिले सम्म ३ सय घरमा रातो चिन्ह राखिएको गाउँपालिका अध्यक्ष थापाले बताए। उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिएको छ। विजयनगर गाँउपालिकाको वडा नं १ मा ५२ जना, २ मा ६० र ३ मा ५१ जनाको घरमा रातो चिन्ह लगाइ सकिएको छ भने वडा नंं। ४ मा ५९, ५ मा ७४, ६ मा ३७ र ७ मा ९५ जनाको घरमा रातो चिन्ह लगाउने कार्य जारी रहेको बताइएको छ। 

गाउँपालिकाले बाहिरबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरेपछि यो अभियान चालेको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिए। रातो चिन्ह राखिएको घरको पहिचान हुनुका साथै सङ्क्रमणबाट सचेत पनि हुने र तथ्याङ्क सङ्कलनमा सहज हुने उनले बताए। रासस

प्रकाशित: १९ चैत्र २०७६ ०८:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App