१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विपन्न परिवारलाई बुहारी समूहको सहयोग

वीरेन्द्रनगर–३ का वडा अध्यक्ष भूपेन्द्र खत्रीलाई खाद्यान्न हस्तान्तरण गर्दै बुहारी समुहका सदस्यहरु। तस्बिरः नगेन्द्र उपाध्याय/नागरिक

सुर्खेत - मेची–महाकाली बुहारी समूहले वीरेन्द्रनगरका विपन्न परिवारका लागि खाद्यान्न सहयोग गरेको छ। बुहारी समूहले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–३ का विपन्न र गरिव परिवारका लागि २० हजार बराबरको खाद्यान्न सहयोग गरेको हो।

सुर्खेत मोडोरेटर गोमा सापकोटा उप्रेतीले कोरोना भाइरसका कारण भइरहेको कलडाउनले दैनिक ज्याला मजदूरी गर्ने परिवार भोकभोकै बस्नुपर्ने अवस्था आएकाले वडा कार्यालयमार्फत सहयोग प्रदान गरिएको बताइन्।

 ‘एक सातादेखिको लकडाउनका कारण दैनिक ज्याला–मजदुरी गरेर खाने परिवार संकटमा छ,’ उनले भनिन्, ‘मेची–महाकालीभरका बुहारीहरुको तर्फबाट २० हजार बराबरको खाद्यान्न सहयोग गरेका हौं।’

सुर्खेतका अर्चना शर्मा, शुष्मा मल्ल, कमला श्रेष्ठ, गोमा सापकोटा उप्रेती, सरु आचार्य, विना रेग्मी ढकाल, बन्दना श्रेष्ठ, कृष्णा श्रेष्ठ, प्रगति कार्की, विन्दु शर्मा, एलिना शर्मा, रञ्जला श्रेष्ठ, सुमन अचार्य, झापाका कृतिका पन्त, बाँकेका मिलन मल्ल, काठमाडौंका लता श्रेष्ठ, बर्दियाका मञ्चु गौतम ‘बुहारी’हरुले विपन्न परिवारका लागि खाद्यान्न उपलब्ध गराउन आर्थिक सहयोग गरेका थिए।

सुर्खेत एडमिन कमला श्रेष्ठले प्राकृतिक, भौगोलिक र सामाजिक विपत्तीमा आफूहरु सहयोग गर्दै आइरहेको बताइन्। यसअघि बुहारी समुहले बाँकेको खजुराकी क्यान्सर पीडित दिना परियारलाई १६ हजार पाँच सय रुपैयाँ सहयोग गरेको थियो। बुहारी समुहमा देशभरका चार हजारबढी बुहारीहरु आवद्ध छन्।

वीरेन्द्रनगर नगरपालिका–३ का वडा अध्यक्ष भुपेन्द्र खत्रीले बुहारी समुहले उपलब्ध गराएको खाद्यान्न विपन्न परिवारको हातमा पु¥याउने बताए। ‘यो संकटपूर्ण समयमा बुहारी समुहले गरेको सहयोग महत्वपूर्ण छ,’ उनले भने, ‘तपाईहरुको उद्देश्य अनुसार वडाभित्रका विपन्न परिवारलाई सहयोग उपलब्ध गराउँछौं।’

प्रकाशित: १७ चैत्र २०७६ ०६:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App