१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

रौतहटमा ६० जनालाई क्वारेन्टाइनमा राखियो

रौतहट- रौतहटको स्थानीय सरकारहरुले निर्माण गरेको क्वारेन्टाइनमा ६० जना रहेका छन्। जिल्लाको सदरमुकाम गौर, ईशनाथ र चन्द्रपुरमा बढी मान्छे क्वारेन्टाइनमा रहेका छन्। क्वारेन्टाइनमा रहेकाहरुको अवस्था सामान्य रहेको छ तर सबैको स्वास्थ्यकर्मीद्वारा नियमित अनुगमन भइरहेको तथा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ।

क्वारेन्टाइनमा रहेका मध्ये अधिकांश भारतबाट फर्केकाहरु छन्। भारतबाट फर्केकाहरुलाई क्वारेन्टाइनमा बस्न सम्बन्धित स्थानीय सरकारले निर्देशन दिइसकेको छ। कतिपय चाहिँ लुकीछिपी घरमै बसिरहेका छन्। लुकीछिपी बसेको जानकारीमा आउनासाथ क्वारेन्टाइनमा पठाउने पहल पनि भइरहेको छ।

रौतहटको गढीमाई नगरपालिकामा भारतको अमृतसरबात चार जना आइपुगेका छन्। चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको भए पनि क्वारेन्टाइनमा पठाउने तयारी भइरहेको स्रोतले बताएको छ।

प्रकाशित: १५ चैत्र २०७६ १२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App