कोरोना कहर

दैलेखमा १० जनामा ज्वरो देखियाे

बिहिबार, १३ चैत २०७६, १४ : ३३ गोविन्द केसी

दैलेख– दैलेखका चार स्थानीय तहमा १० जनामा ज्वरो देखिएको छ। ज्वरोका विरामीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा आएपछि निगरानीमा राखिएको जनाइएको छ। दैलेखमा ज्वरोका विरामीहरु देखिएपछि निगरानीमा राखिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए। ज्वरो देखिनेमा भारतबाट फर्किएकाहरु र गाउँमै बसेकाहरुमा देखिएको हो।

अहिले स्वास्थ्यकर्मीहरु परिचालन गरि विरामीहरुको हेरचार गरिएको छ। भगवतीमाई गाउँपालिकामा ५ जना, दुल्लु नगरपालिकामा २ जना, आठविस नगरपालिकामा २ जना र नौमुले गाउँपालिकामा १ जनालाई ज्वरो देखिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. निराजन पन्तले बताए। कोरोना भाइरसले नागरिकहरु असुरक्षा महशुस गरेका बेला त्यस्तै लक्षण देखिएपछि दैलेखमा सुरक्षित रुपमा उपचार प्रवन्ध मिलाइएको छ। ‘नौमुले र अन्य पालिकामा केही विरामीमा ज्वरो घट्दै गएको छ।’ डा. पन्तले भने, अन्य पालिकामा स्वास्थ्यकर्मीहरुले निगरानी उपचारको व्यवस्था मिलाएका छौं। उनीहरुको अवस्था जटिल भए, जिल्लामा बनाइएको आइसोलेसनमा राखेर उपचार गरिने तयारी गरेका छौं।’ ज्वरो आएकामध्ये केही भारतमा फर्किएर आएको प्रमुख जिल्ला अधिकारी कटेलले बताए।

‘थकान वा अन्य कारणले पनि ज्वरो आएको हुन सक्छ।’ प्रमुख जिल्ला अधिकारी कटेलले भने, उनीहरुको अवस्था हेरेर थप उपचारको व्यवस्था मिलाउँदैछौं।’ अहिले जिल्लाको जिल्ला अस्पताल, नारायण क्याम्पस, दुल्लु अस्पतालर सरस्वती माध्यमिक विद्यालयमा निर्माण गरिएको आइसोलेसन र क्यारेन्टाइन प्रयोग गर्ने तयारी भईरहेको छ।

जिल्लाका स्थानीय तहमार्फत वडा र गाउँसम्म भारत तथा अन्य मुलुकबाट आएका व्यक्तिहरुको अन्तिम पहिचान भईरहेको र ती व्यक्तिहरुलाई विभिन्न ठाउँमा बनाइएको क्यारेन्टाइनमा राखिने तयारी भएको दैलेखका प्रहरी प्रमुख (डिएसपी) हरिबहादुर ओलीले बताए।  





यसमा तपाईको मत

अन्य समाचार

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह गर्ने तरिका ! ...

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

Ncell Footer Ad