१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘दिल्लीमा २४ घन्टामा नयाँ संक्रमण भेटिएन’

नयाँ दिल्ली– मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड–१९)को नयाँ संक्रमण पुष्टि नभएको बताएका छन् ।

उनले आफ्नो ट्विटर ह्यान्डलमा सन्देश जारी गर्दै दिल्लीमा नयाँ संक्रमण नदेखिएको बताएका हुन् । उनको ट्विटर सन्देशमा भनिएको छ, ‘विगत २४ घन्टामा दिल्लीमा कोभिड–१९ को नयाँ संक्रमण भेटिएको छैन भने पाँच जना संक्रमित बिरामी उपचारपछि निको भएका छन् । यद्यपि यो समय खुसी भइहाल्ने अवस्था भने होइन । अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको परिस्थितिलाई नियन्त्रणबाहिर जान नदिनु रहेको छ । यसका लागि सरकारले सबै नागरिकको सहयोगको अपेक्षा गरेको छ ।’

दिल्लीमा कोरोना भाइरसबाट संक्रमित व्यक्ति एकपछि अर्को गर्दै बढ्न थालेपछि राज्य सरकार तथा केन्द्र सरकारको निर्देशनमा आइतबारदेखि अति आवश्यक सेवाका लागि बाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । सरकारले यसलाई नागरिकद्वारा आफ्नो सुरक्षाका लागि पालना गर्ने निषेधाज्ञा (जनता कफ्र्यु)को संज्ञा दिएको छ ।

भारतमा मंगलबार रातिसम्म पाँच सय १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको वल्र्डओमिटरडटइन्फोले जनाएको छ । त्यहाँ मंगलबार रातिसम्म कोरोना संक्रमणबाट १० जनाको ज्यान गइसकेको छ । एएनआई

प्रकाशित: १२ चैत्र २०७६ ०५:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App