१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

राजपत्रमा अत्यावश्यक सेवाबारे के व्यवस्था छ ?

काठमाडौं- सरकारकले अत्यावश्यक सेवाबाहेक सबै बन्द गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्वोधन गर्दै यस्तो बताए। जुन चैत्र ९ देखि २१ गतेसम्म को लागि  भनिएको छ।

राजपत्रमा अत्यावश्यक सेवाबारे उल्लेख गरिएको छ। राजपत्र अनुसार अत्यावश्यक सेवा सुचारु हुनेहो भन् निम्न सेवा बन्द हुने छैनन् :

राजपत्रमा अत्यावश्यक सेवाअन्तर्गत निम्न कुराहरू राखिएका छन्:

-डाँक तार वा टेलिफोन सेवा

-जल, स्थल तथा हवाइमार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने सेवा

-हवाइ अड्डा ,हवाइ जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा

-हवाइ ग्राउन्ड, रेलवे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसारपसार, राख्ने झिक्ने वा थन्काउने कामसँग सम्बन्धित सेवा

-प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धित सेवा

-हातहतियार, खरखजना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित सेवा

-सञ्चार सेवा

-आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा

-खानेपानीको सञ्चालन तथा वितरण सेवा

-पर्यटन, आवास, मोटेल, होटेल रेष्टुरा र रिसोर्ट सम्बन्धी सेवा

-पेट्रोलियम पदार्थको पैठारी ढुवानी र वितरणसम्बन्धी सेवा

-अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी (एम्बुलेन्स सेवा जस्ता सेवाहरु)

-औषधी निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा

-फोहोर मैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार -निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा,

-बैंकिंङ सेवा

-बीमा सेवा

-विद्युत सेवा

-दैनिक उपभाग्य वस्तुहरू (खाद्यान्न, दाल चामल नुन तेल) को पठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा।

 

प्रकाशित: ७ चैत्र २०७६ १४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App