१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपतीय चुनाव, माइकल ब्लुमबर्ग चुनावी दौडबाट बाहिरिए

न्युयोर्क – अमेरिकी डेमोक्रेटिक पार्टीका तर्फबाट आगामी राष्ट्रपतिको उम्मेदवार छनोट गर्न भइरहेको पार्टीको चुनावमा न्युयोर्कका पूर्वमेयर माइकल ब्लुमबर्गले अपेक्षित नतिजा पाउन नसकेपछि उम्मेदवारी परित्याग गरेका छन्। ब्लुमबर्गले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डोनाल्ड ट्रम्पलाई पराजित गर्ने उद्देश्यसहित तीन महिनाअघि म राष्ट्रपतिको उम्मेदवार दौडमा सामेल भएको थिएँ। आज म त्यही कारणका लागि चुनावी दौड परित्याग गर्दैछु।’

 युयोर्क सहरका पूर्वमेयर ब्लुमबर्गले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारको टिकट हात पार्न चुनावी प्रचारमा व्यक्तिगत ४० करोड ९० लाख अमेरिकी डलर खर्च गरेका थिए। उनले अब पूर्वउपराष्ट्रपति जो बाइडेनलाई समर्थन गर्ने बताएका छन्।

‘डोनाल्ड ट्रम्पलाई आगामी राष्ट्रपतीय चुनावमा पराजित गर्न डेमोक्रेटिक पार्टी एकजुट हुनुको विकल्प छैन। पछिल्लो मतदानको नतिजापछि जो बाइडेनले चुनाव जित्ने सम्भावना बढेको छ,’ उनले भने। अमेरिकी अर्बपति व्यापारी ब्लुमबर्गले जनवरी अन्त्यसम्म करिब ४० करोड ९० लाख खर्च गरेको उनले संघीय निर्वाचन आयोगमा बुझाउनु भएको विवरणमा उल्लेख छ। तर, उनले फेबु्रअरीमा पनि निकै बढी खर्च गरेको विश्वास गरिन्छ।

मंगलबार भएको १४ वटा राज्यको चुनावमा ब्लुमबर्गले समोआ द्वीपमा मात्र विजय हासिल गरेका थिए। तर, जो बाइडेनले अप्रत्यासितरूपमा १० वटा राज्यमा चुनाव जितेका थिए। चुनावमा निकै प्रभावशाली मानिएका सिनेटर बर्नी स्यान्डर्सले चार वटा राज्यमा विजयी भएका थिए। निकै बढी प्रतिनिधि छनोट हुने क्यालिफोर्निया राज्यमा भने स्यान्डर्सले बाजी मारेका थिए।
डेमोक्रेटिक पार्टीका तर्फबाट अब जो बाइडेन वा स्यान्डर्समध्ये एकले आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्नु पर्नेछ।

प्रकाशित: २३ फाल्गुन २०७६ ०१:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App