४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

राइनोज र शंकरनगर फाइनलमा भिड्दै

म्यान अफ दी म्याच राइनोजका लोकेश बमलाई पुरस्कृत गर्दै ।

भैरहवा- भैरहवाको सिद्धार्थ रंगशालामा जारी एसियन च्यालेन्जर ट्रफी ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको बुधबार सम्पन्न सेमिफाइनल खेलमा राइनोज क्रिकेट क्लब र शंकरनगर क्रिकेट क्लब विजयी भएका छन्।

पहिलो सेमिफाइनल खेलमा अर्सक स्पोटर्स बाङलादेशलाई राइनोज क्रिकेट क्लब काठमाण्डौले ९ विकेटले पराजित गरेको छ। टस जितेर व्याटिङ रोजेको अर्सकले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११६ रन बनाएको थियो। ११७ रनको लक्ष्य पाएको राइनोजले १० ओभरमै १ विकेटको क्षतिमा सजिलै लक्ष्य पूरा गरी जित हात पार्‍यो। जितका लागि राइनोजका लोकेश बमले सर्वाधिक ९०, द्वय रोहितकुमार पौडेल र गजेन्द्र बोहराले ११/११ रनको योग्दान गरे। बलिङतर्फ अर्सकका हर्पित चोपराले १ विकेट लिए।

अर्सकका अलि समद र ओश्कर कोल्कले ३०/३०, दान रोवर्टसले २४ र एम चौधरीले १३ रनको योगदान गरेपनि टिमले जित हात पार्न सकेन। बलिङ तर्फ राइनोजका कमल सिंह एैरी, सुर्य तामाङ र गजेन्द्र बोहराले ३/३ विकेट लिए।
बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा वेस्टर्न क्रिकेट क्लबलाई शंकरनगर क्रिकेट क्लबले ४४ रनले पराजित गरेको छ। टस जितेर व्याटिङ गरेको शंकरनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रन बनाएको थियो।

बेस्टर्नले १९ ओभरमा सबै विकेट घुमाउदै ९१ रन बनाएर लक्ष्य पार गर्न नसकेपछि शंकरनगरले जित हात पा¥यो। जितका लागि शंकरनगरका सौरभ खनालले सर्वाधिक नटआउट ५९, साहब आलमले २५ र दुर्गेश गुप्ताले नटआउट १३ रनको योग्दान योग्दान गरे। बलिङ तर्फ बेस्टर्नका बिक्रम एसओबीले ३, कृष्ण कार्कीले २, तथा बसन्त रेग्मी र हरजित सिंहले १ विकेट लिए।

जवाफीमा खेलेको बेस्टर्नका कुशल भुर्तेलले २३, बसन्त रेग्मीले १४ र बिक्रम एसओबीले १० रनको योग्दान गरेपनि टिमले जित निकाल्न सकेन। बलिङ तर्फ शंकरनगरका सहाब आलमले ४, बिक्रम भुसालले ३ दुर्गेश गुप्ता, सन्दिप सुनार र अनलि खरेलले १/१ विकेट लिए।

बुधबारको पहिलो सेमिफाइनलमा राइनोजका लोकेश बम र दोस्रो खेलमा शंकरनगरका सहाब आलम म्यान अफ द म्याच भए। सेमिफाइनलको जितसँगै शंकरनगर र राइनोज उपाधिका लागि बिहीबार भिड्ने छन्।

भैरहवा क्विन्स प्रालिको आयोजना र राइनो स्पोर्ट्सको संयोजनमा भैरहवास्थित सिद्धार्थ रंगशालामा पहिलो पटक भइरहेको अन्तरदेशीय टी–ट्वान्टी प्रतियोगितामा नेपालसहित भारत, बाङ्लादेश र पाकिस्तानका ८ वटा व्यवसायिक क्लबले प्रतिस्पर्धा गरेका थिए, सेमिफाइनल खेलमा हार व्योहोरे पछि सबै विदेशी टिम प्रतियोगिताबाट बाहिरीएका छन्।

प्रतियोगितको ह्वाक नेपाल, कामना सेवा बैंक, स्प्यारो एसएमएसले प्रायोजन गरेको छ भने प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार पाउने छन्।

 

प्रकाशित: २१ फाल्गुन २०७६ १२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App