चट्याङ मास्टर र भट्टराईलाई भैरव पुरस्कार

मङ्गलबार, १९ पुष २०७३, १४ : ०४ नागरिक

काठमाडौं— प्रसिद्ध हास्यव्यङ्ग्यकार स्वर्गिय भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार चट्याङ मास्टर (कृष्णमुरारी गौतम) तथा भैरव प्रतिभा पुरस्कार पोखराका शेषराज भट्टराईलाई प्रदान गरिने भएको छ।

प्रत्येक दुई वर्षमा दिइने भैरव पुरस्कारको राशी नगद ५० हजार रुपैया तथा भैरव प्रतिभा पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ।

भैरव पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरेको सभापतित्वमा राजधानीमा सोमबार बसेको बैठकले पुरस्कारको घोषणा गरेको हो। प्रत्येक दुई वर्षको अन्तरालमा दिइने भैरव पुरस्कारको राशी नगद ५० हजार रुपैया तथा भैरव प्रतिभा पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ।

गौतम तथा भट्टराईलाई वर्ष २०७१–७२ को लागि उत्कृष्ट हास्यव्यङ्ग्यकारको रुपमा पुरस्कृत गर्न लागिएको गुठीका सचिव वसन्त रिजालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अर्यालकै स्मृतिमा आयोजना गरिएको काठमाडौं क्षेत्र नम्बर २–३ व्यापी माध्यामिक विद्यालय स्तरीय हास्यव्यङ्ग्य प्रतियोगितामा विजयीहरुको नाम पनि गुठीले घोषणा गरेको छ। 

पहिलो स्थान मोनास्टिक पब्लिक स्कुलकी छात्रा अविना थापाले हासिल गरेकी छिन्। द्वितीय स्थान जेभियर इन्टरनेशनलकी दृष्टि लम्सालले हात पारेकी छिन् भने आदर्श मावि भद्रवासकी प्रमिला फुँयाल तेस्रो भएकी छिन्। अरुणिामा माविका शौरभ फुँयालले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्। 

पुरस्कारको राशी क्रमश १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैया रहेको छ। यी सबै पुरस्कारहरु वरिष्ठ साहित्यकारहरुकोे उपस्थितिमा पुस २९ गते वितरण गरिने भैरव पुरस्कार गुठीले जनाएको छ।

 








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad