सहमतिपछि विश्वविद्यालयको ताला खुल्यो

मङ्गलबार, १९ पुष २०७३, १० : ३४ नागरिक

कञ्चनपुर-सातबुँदे सहमतिपछि सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थीले झन्डै दुई साता अघि लगाएको ताला खोलेका छन् । आन्दोलनरत विद्यार्थी र विश्वविद्यालय प्रशासनबीच सोमबार भएको वार्तामा तालाबन्दी खोल्ने सहमति अनुरुप विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला आज खोलिएको हो ।

राष्ट्रियस्तरको प्रयोगशाला स्थापना गर्ने, प्रयोगशालाका सामग्री यथाशीध्र व्यवस्थापनका लागि निर्देशकलाई जिम्मेवारी दिने, विज्ञान भवन निर्माणका लागि आगामी आव २०७४/०७५ को नीति तथा कार्यक्रममा समावेश गर्ने, शैक्षिक क्यालेन्डर बनाई पठनपाठनको कार्यलाई प्रभावकारी बनाउनेलगायतका सातबुँदे सहमति भएको विद्यार्थी गङ्गादत्त भट्टले जानकारी दिए।

सहमतिपत्रमा विश्वविद्यालयका तर्फबाट उप–प्रशासक गोविन्द पन्त, विद्यार्थीका तर्फबाट गङ्गादत्त भट्ट, राजेन्द्रप्रसाद जोशी, राजेन्द्र पन्तले हस्ताक्षर गरेका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गतको भौतिक शास्त्रका विद्यार्थीले माग अघि सार्दै दुई साता अघि तालाबन्दी गरेका थिए । रासस








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad