१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

धनगढीमा साहित्य महोत्सव हुने

धनगढी – सुदुरपश्चिको कला, संस्कृति र भाषाको संरक्षणको लागि धनगढीमा विश्व नेपाली साहित्य महोत्सवको आयोजना गरिने भएको छ। सुदुरपश्चिम साहित्य समाजले आगामी फागुन १४ देखि २० सम्म महोत्सवको आयोजना गर्न लागेको जानकारी समाजका अध्यक्ष रामलाल जोशीले दिए।

‘कला, संस्कृति र नेपाली भाषालाई संसारभर परिचित गराउन महोत्सवको आयोजना गर्न लागिएको हो। संसारभर रहेको नेपाली साहित्यकारहरूको सहभागिता रहने महोत्सवले हाम्रो कला, संस्कृति र सभ्यताको विकासको निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ,’ उनले भने।

महोत्सवमा राष्ट्रकवि माधव घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशीदेखि पवन चाम्लिङसम्मका स्रष्टाहरूलाई सम्मान गरिने जानकारी उनले दिए। महोत्सव संयोजक यज्ञराज उपाध्ययका अनुसार यस किसिमको महोत्सव पहिलो पटक हुँदैछ।

महोत्सवमा साहित्यकारहरूको पुस्तक विमोचन, कविता वाचन र साहित्य विषयमा अन्तक्र्रिया गरिनेछन्। साहित्यकार, कलाकारदेखि नेतासम्मले महोत्सवको दौरान विभिन्न छलफलमा सहभागी हुनेछन्,’ उनले भने।
सात दिनसम्म चल्ने महोत्सवको अवधिमा सुदुरपश्चिम प्रदेश सरकारले खुला देउडा प्रतियोगिताको समेत आयोजना गर्दैछ।

प्रकाशित: १२ फाल्गुन २०७६ ०३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App