१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संविधान कार्यन्वयनमा राष्ट्रिय एकता चाहियो: प्रधानमन्त्री

फाइल तस्बिर ।

पोखरा–प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यन्वयनमा राष्ट्रिय एकता हुने विश्वास व्यक्त गरेका छन्। सबैंको सहयोगले संविधान कार्यन्वयन हुने उनले बताए।
पोखरामा शनिबार सामूहिक ल्होछार कार्यक्रममा प्रधानमन्त्री दाहालले राष्ट्रिय एकता कायम भए मात्र संविधान कार्यन्वयन हुने बताए ।

‘अहिले संविधान कार्यन्वयनको बेला छ। मधेसले विभेद गरेको गुनासो गरेको छ। थारुलाई ठूला पार्टीले हेपे जस्तो भएको छ,’ उनले भने, ‘यस्तै विभेद हटाएर तराई, पहाड र हिमालको समस्या मिलाउन सक्छु भनेर नै म प्रधामन्त्री बनेको हुँ।’

उनले दलबीच साच्चै एकता चाहने हो भने त्याग आवश्यक रहेको बताए। ‘संविधान घोषणापछि मलाई प्रधानमन्त्री बन्नुपर्यो भन्ने दवाव आएको हो। तर, म प्रधानमन्त्री बन्न चाहिन,’ दाहालले भने, ‘संविधान बनाउने काम सहज थिएन। एकता बिना संविधान सम्भव पनि थिएन। त्यही भएर अहिले पनि एकता आवश्यक छ।’

भाषिक, जातीय, लैंगिक हिसाबले विभेदमा पारिएका वर्गको एकताको पक्षमा अन्तिम समयसम्म आफूले साथ दिने प्रधानमन्त्रीले बताए। ‘जनजाति, उत्पीडितले पाउनुपर्ने जति अधिकार अझै पाएका छैनन,’ दाहालले भने, ‘मैले देखेको सपना अझै पूरा भएको छैन। महिलालाई राज्यको माथिल्लो तहमा पुर्याएर सुरुवात गरेपनि अझै पूरा भएको छैन।’

प्रकाशित: १६ पुस २०७३ १०:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App