१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकता दिनुपर्नेमा जोड

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमले पूर्वयोजना बमोजिम नै ठूला आयोजना कार्यान्वयनमा प्राथमिकता दिएको तथा एक वर्षको अवधिमा फोरजी मोबाइल सेवा ७७ वटै जिल्लामा विस्तार गरेको भन्दै टेलिकमको प्रशंसा गरेका छन्।

टेलिकम स्थापनाको १६औं वार्षिकोत्सवको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै बाँस्कोटाले एफटिटिएच प्रविधिको विस्तार र अप्टिकल फाइबर परियोजना निर्धारित अवधिमै सम्पन्न गर्नुपर्ने र कम्पनीले प्रदान गरेका सेवाको गुणस्तर कायम गरी सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकताको विषय बनाउनुपर्नेमा जोड दिए। मन्त्री बाँस्कोटा बोलिरहँदा नेपाल टेलिकम विनियमावलीको विरोध गर्दै प्रदर्शन गरिरहेका कर्मचारीप्रति आक्रोशित बने। आन्दोलनरत कर्मचारीलाई इंगितगर्दै मन्त्री बाँस्कोटाले राजनीति गरेको आरोप लगाए।

राजनीतिगर्नु छ भने पार्टी कार्यालय जानुस् संस्थाभित्र राजनीति चल्दैन, उनले भने,‘यो विनाशकारी सोच हो, यो सोच त्याग्नुपर्छ। म यसको राम्रै हिसाबकिताब गर्छु।’ कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष दीपक सुवेदीले टेलिकमले अब समयानुकूल विभिन्न स्मार्ट सेवा वितरण गर्ने र अत्याधुनिक प्रविधिका सेवा गुणस्तरसहित प्रदान गरी ग्राहकको मन जित्नुपर्ने बताए।

उनले यसका लागि बजारको प्रतिस्पर्धामा अब्बल ठहरिने गरी योजना कार्यान्वयन गरिने र गुणस्तरीय सेवा उपलब्ध गराइने धारणा राखे। कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणसँगको सम्झौता अनुसार एक वर्षको अवधिमा कम्पनीले ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी विभिन्न स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यमा हासिल गरेको उपलब्धिप्रति सन्तोष व्यक्तगर्दै पूर्ण क्षमतामा प्रयोग नभएका पूर्वाधारहरु सह–प्रयोग गर्न पनि नेपाल टेलिकम तयार हुनुपर्ने सुझाव दिए।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको समग्र अवस्थाबारे जानकारी गराउँदै सम्झौता भएको एक वर्षभित्रै देशभर फोरजी विस्तार गर्ने महत्वाकांक्षी र चुनौतीपूर्ण लक्ष्यअनुरुप यसै साता देशका ७७ वटै जिल्लामा फोरजीको पहुँच पु-याइएको बताए। उनले भने, ‘स्थानीय टेलिफोन सेवाको रुपान्तरणको लागि एफटिटिएच परियोजना अगाडि बढाइएको र निकट भविष्यमा आइपिटिभी सेवा समेत एफटिटिएच मार्फत प्रदान गरिन्छ।

प्रकाशित: २३ माघ २०७६ ०२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App