२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

चिनी मिलबाट निस्कने प्रदूषित पानी सिधैँ खोलामा, कारबाही गर्न स्थानीयको माग

रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिजबाट निस्केको पानीको कारणले दुषित बनेको बंगरी खोला।

बारा - कलैया उपमहानगरपालिका २४ श्रीपुरमा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रालीले उद्योगबाट निस्कले फोहोर पानीलाई प्रषोधन नै नगरी सिँधै बगरी खोलामा छोडने गरेको छ। उद्योगबाट निस्कले केमिकल्स मिसिएको पानीलाई बंगरी खोलामा मिसाउँदा खोलाको पानी दुषित हुनुको साथ साथै खोला वरिपरीको बस्तीहरुमा दुर्गन्ध फैलिएको भन्दै त्यसलाई नियन्त्रण गर्न र दोषीलाई कारवाही गर्न माग समेत गरिएको छ।

चिनी मिल भन्दा दक्षिणीतर्फ रहेको बंगरी खोला बग्ने प्रसौनी गाउँपालिका प्रमुख भोला गुप्ता, फेटा गाउँपालिका प्रमुख अमिरीलाल प्रसाद र राष्ट्रिय युवा संघ लगाएतले उद्योगबाट बंगरी खोलामा मिसाउने पानीलाई नियन्त्रण गर्न र उद्योग सन्चालकलाई कारवाही गर्न माग गर्दै बाराका प्रमुख जिल्ला अधिकारी फरिन्द्रमणि पोखरेललाई ज्ञापन पत्र समेत बुझाएका छन्।

स्थानीय निकायका प्रमुखदेखि राजनीतिक दलका भ्रातृ संगठनहरुले रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रालीले बंगरी खोलालाई दुर्गन्धित गरेको भन्दै कारवाही गर्न माग गरेपछि बाराका प्रमुख जिल्ला अधिकारी पोखरेलले चिनी मिलको सोमबार अनुगमन समेत गरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

चिनी मिलको अनुगमन गर्दा उद्योगबाट निस्कने पानी प्रशोधन नगरी नै बगरी खोलामा मिसाएको देखिएको र त्यसलाई नियन्त्रण गर्न उद्योग प्रशासनलाई भनिएको बाराका प्रजिय पोखरेलले बताए। उद्योगले अहिले पोखरी खनेर उद्योगबाट निस्कने पानीलाई केही दिन त्यसमा जम्मा गरेर राख्ने र पोखरीमा पानी सफा भएपछि खोलामा छोडने अल्पकालिन समाधानको बाटोमा लागेको पोखरेलले बताए।

खोलामा चिनी मिलले छोडने केमिकल मिसिएको पानीको दुर्गन्धले गर्दा श्रीपुर भन्दा बगरी खोला बग्ने दक्षिणी गाउँका स्थानियहरु त्यसको प्रत्यक्ष मारमा पार्दै आएको छ। बंगरी खोलाको पानी प्रदुषित बनेपछि गाउँका स्थानीयहरुलाई खोलामा दाहसंस्कार गर्न र गाई भैसी चराउनमा समेत समस्या हुने गरेको कुरा बन्जरीयाका दर्शन बैठाले बताए।

‘पहिला कलैया,भवानीपुर ,गंगापुर र बंजरीयका लगाएतका गाउँ र टोलहरुमा कुनै हिन्दुधर्मावलमबीहरुको मृत्यु हुँदा बन्जरीयका गाउँमा पर्ने बंगरी खोलामा मृत्कको दाहसंस्कार गर्ने र मृत्कको दाहसंस्कार गर्न आउने मलामीहरु खोलाको सफा पानीमा नुहाएर घर जाने गर्दथे,’ बैठाले भने,‘अहिले दुषित पानी भएपछि खोलामा  दाहसंस्कार गर्न आउनेको संख्या पानी कम भएको छ, र आउनेहरु ननुहाइकन घर फर्कने गरेका छन्।’

दाहसंस्कार गर्ने बेलामा दुर्गन्धित पानीका कारण किरिया बोक्ने मात्र खोलामा नुहाउने गरेको र मलामी गएकाहरुले घरमा आएर नुहाउने गरेकोे स्थानीय बासिन्दाहरुले बताएका छन्। खोला आसपास लगायत गाउँका स्थानीय बासिन्दाहरु दाहसंस्कार गरी खोलामा नुहाउने गरे पनि चिनी मिलले खोलाको पानी दुर्गन्धित बनाएपछि घर आएर नुहाउने गरेका हुन्।

फोहोर पानीका कारण गाई, भैंसी, बाख्रा चराउनमा समेत समस्या भएको स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन्। पहिलादेखि नै बंगरी खोलाको डिलमा गाई, भैंसी, बाख्रा चराउदै बंगरी खोलामा पानी खुवाउने गरेपनि चिनी मिलले छाडेको फोहोर पानीका कारण स्थानीय बासिन्दाहरु पीडित बन्न पुगेका छन्।

रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रालीका सन्चालक राजकुमार अग्रवालले उद्योगबाट निस्कने पानीलाई व्यवस्थित गर्नतिर उद्योग लागेको दावी गरे। उद्योगबाट निस्कने पानीलाई तत्काल सफा सफा गर्न पोखरीहरु खन्न कार्य शुरु गरिएको र पोखरी खनिएपछि धेरै समस्याहरुको समाधान हुने अग्रवालले बताए।

लाको छेउमा रहेको उतरझिटकैया, बञ्जरिया, सुराही, मेथुरापुर, बेलहिया, ब्रह्मपुरी, मनगढवा लगायत गाउँका स्थानीय बासिन्दाहरु खोलाको पानी दुषितले गर्दा बर्षोदेखि  पीडित हुने गरे पनि कारवाही गर्ने निकाय मौन बस्दै आएका छन्।
कुनै व्यक्ति वा उधोगले सार्वजनिक स्थान, खोलानालाहरुमा जथाभावी फोहोर फालेको पाइएका त्यस व्यक्ति वा उधोग कारवाहीको भागिदार बन्नु पर्ने कानुनी व्यवस्था भए पनि चिनी मिललाई कारवाही गर्नमा आलटाल गर्दैै आइएको आरोप स्थानीयहरुको छ।

प्रकाशित: २० माघ २०७६ १२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App