१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

इघालो युनाइटेडमा

लन्डन – प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले नाइजेरियन अन्तर्राष्ट्रिय खेलाडी ओडिअन इघालोलाई सांघाइ सेनहुवाबाट लोनमा भित्र्याएको छ।

जनवरीका लागि भएको खेलाडी सरुवा बजारअन्तर्गत गत शुक्रबार समयावधि सकिएको छ। ३० वर्षीय इघालो २०१७ मा चीनको क्लबमा गएका थिए। उनी प्रिमियर लिगकै क्लब वार्टफोर्डमा २०१७ मा चाङचुन याताईबाट गएका थिए। यघिल्लो सिजन मात्र इघालो सांघाईमा पुगेका थिए। युनाइटेडका स्ट्राइकर मार्कुस रसफोर्ड चोटका कारण मैदान उत्रिने या नउत्रिने दुविधा भइरहेका बेला युनाइटेडले नाइजेरियन खेलाडीलाई शुक्रबार मात्र अनुबन्धित गरेको हो।

इघालोले प्रिमियर लिगको क्लब वार्टफोर्डबाट एक सय खेल खेल्दा ४० गोल गरेका छन्।  इघालोको आगमनमा युनाइटेडले प्रिमियर लिगको शीर्ष चारमा अटाउने लक्ष्य राखेको छ। यस्तै प्रशिक्षक ओले गनर सोल्जायर अझै नयाँ स्ट्राइकरको खोजीमा छन्। नाइजेरियाका अन्तर्राष्ट्रिय खेलाडी इघालोले ३४ अन्तर्राष्ट्रिय खेल खेल्दा १६  गोल गरेका छन्। इघालो अफ्रिकन कप अफ नेसन्स २०१९ मा सर्वाधिक पाँच गोल गर्ने खेलाडी पनि हुन्।

प्रकाशित: १९ माघ २०७६ ०२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App