१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले भने–संविधान संशोधनको सम्भावना अझै टरेको छैन

काठमाडौं–सत्तारुढ दल माओवादी केन्द्रले मुलुकमा संघीयता लागू हुन नदिने षड्यन्त्र भइरहेको आरोप लगाएको छ। बुधबार बसेको माओवादी केन्द्रको हेडक्वाटर बैठकमा बोल्दै अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान संशोधन प्रस्तावलाई अगाडि बढाउँदै स्थानीय तहको निर्वाचन गराउने वातावरण बनाउन सक्रिय रहेपनि केही तत्व संघीयता लागू गर्न नदिने चलखेलमा रहेको आरोप लगाएका हन्। 

दाहालले सरकार गठन हुँदा मधेसी मोर्चासँग भएको तीन बँुदे सहमति अनुसार सरकार सहमति कार्यान्वयन गर्दै मुलुकलाई निकास दिने पक्षमा लागि परेको बताएका थिए।

‘संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्दै स्थानीय निकायको निर्वाचनतर्फ मुलुकलाई लैजाने दिशमा सरकार सकारात्मक छ,’ बैठकमा दाहालले भनेका थिए, ‘त्यसकालागि वैधानिकता अपनाउने विषयमा पनि सरकार लागि रहेको छ।’

बैठकमा दाहालले कांग्रेस एमाले स्थानीयन निकाय वा तह जेको निर्वाचन गरेपनि हुने पक्षमा रहेको भन्दै स्थानीय निकायको निर्वाचन गर्दा संघीयता कार्यान्वयन हुन नदिने खेल हुनसक्ने बताएका थिए।

बैठकमा सहभागी माओवादी केन्द्रका नेता मणि थापाका अनुसार बैैठकमा प्रधानमन्त्री एवं अध्यक्ष दाहालले कांग्रेस–एमाले तत्काल संविधान संशोधन प्रस्ताव थाँती राखेर स्थानीय निकायको निर्वाचनमा जानुपर्ने अडानमा रहेको तर सरकार भने मधेसी मोर्चासँगको सम्झौता कार्यान्वयन गर्ने पक्षमा रहेको बताएका थिए।  दाहालले संविधान संशोधन प्रस्तावको संभावना  अझै रहेको भन्दै दाहालले त्यसकालागि वातावरण आग्रह गरेका थिए। संविधान संशोधन प्रस्ताव थाँती राख्ने पक्षमा सरकार नरहेको उल्लेख गर्दै दाहालले व्यापक गृहकार्य गरेर प्रमुख प्रतिपक्ष एमालेसँग छलफल गर्ने बैठकले निर्णय गरेको छ।

 

प्रकाशित: १३ पुस २०७३ ०५:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App