१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

हाप्किडो सेमिनार सम्पन्न

पोखरा - नेपाल मार्सल आर्ट्स हाप्किडो संघको आयोजनामा पर्यटकीय नगर पोखरा रंगशालामा आइतबार पहिलो अन्तराष्ट्रिय मार्सल आर्ट्स हाप्किडो सेमिनार सम्पन्न भएको छ। 

सेमिनारमा अमेरिकाका ग्रान्ड मास्टर हि क्वान ली, अस्ट्रियाका ग्रान्ड मास्टर गेरहार्ड अग्रिज, इरानका पुलिस हेड मास्टर जफार नभेइ र स्पेनका मास्टर सल्भाडोर कभालेरोले आत्मरक्षासम्बन्धी विशेष प्राविधिक कला खेलाडी तथा प्रशिक्षकलाई  सिकाएका थिए।  

सोही अवसरमा प्रशिक्षणमा सहभागी भएका सफल खेलाडी तथा प्रशिक्षकलाई ग्राण्ड मास्टरले प्रमाणपत्र प्रदान गरे।  गण्डकी मार्सल आट्स हाप्किडो संघ र कास्की मार्सल आर्ट्स हाप्किडो संघको संयुक्त व्यवस्थापनमा आयोजित समापन कार्यक्रममा नेपाल मार्सल आर्ट्स हाप्किडो संघका अध्यक्ष तथा ग्रान्ड मास्टर कालीबहादुर घर्तीमगरको सभापतित्वमा सम्पन्न भएको थियो।    

प्रकाशित: १५ माघ २०७६ ०२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App