२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

इन्द्रचोकको ब्यस्त बजारमा आगलागी

काठमाडौं— राजधानीको व्यस्त इन्द्रचोक बजार क्षेत्रमा आगलागी भएको छ। मखनगल्लीस्थित कपडा पसल रहेको घरको चौथो तलाबाट आगो सुरु भएको आगो तेस्रो तलामा फैलिएको छ।

महानगरीय प्रहरी जनसेवा वृत्तकाअनुसार करिब सवा दुई बजे सुरु भएको आगो निभाउन दमकल तथा प्रहरी र नेपाली सेनाको टोली परिचालन भएका छन्।

महानगरीय प्रहरी जनसेवा वृत्तकाअनुसार करिब सवा दुई बजे सुरु भएको आगो निभाउन दमकल तथा प्रहरी र नेपाली सेनाको टोली परिचालन भएका छन्। सेनाले नजिकैको अर्को घरमाथि चढेर आगो निभाउन प्रयास गरिरहे पनि आगो नियन्त्रणमा आउन सकेको छैन।

घरहरु एक आपसमा जोडिएकाले आगो अन्य घरमा फैलिन सक्ने खतरा छ। आगलागी भएको क्षेत्रमा अधिकांश पसल कपडाका छन्। 

प्रकाशित: १२ पुस २०७३ ०९:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App