१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

यसपालि मुसा वर्ष

ल्होछार नेपालको हिमाली तथा उच्च पहाडी भू–भागका समुदायको प्राचीन र ऐतिहासिक सांस्कृतिक पर्व हो। यो पर्वलाई नेपालमा तामाङ तथा गुरुङ समुदायको भाषामा ल्होछार भनिन्छ। नेपालको भोट क्षेत्र  र तिब्बती भाषामा लोसार भन्छन्। यहाँ ल्हो /लोले वर्ष, संवत् वा साल  र छारले नयाँ भन्ने बुझाउँछ। यसर्थ ल्होछार र लोसार भनेको नयाँ वर्ष उत्सव हो। आधुनिक पात्रोको प्रचलनअघि खुर्पानी तथा आरुको फूल फुल्ने समयलाई हेरेर ल्होछार मनाउने गरेको पाइन्छ।

ल्होछर १२ वटा जीवजन्तुसँग सम्बन्धित संवत् हो। १२ जीवले पालैपालो एक वर्ष भोग गर्छन्  र भोग गर्ने जीवबाट सो वर्षलाई जानिन्छ। २०७५ माघ २२ माघ शुक्लपक्ष प्रतिपदा देखि २०७६ माघ १० माघ कृष्ण औँसी सम्मको एक वर्षको अवधि बँदेल वर्ष थियो। यसपालि मुसा नयाँ वर्ष आरम्भ भएको छ। यो संवत्को गणना परम्परामा कुनै व्यक्तिले आफू जन्मेको जीव वर्ष बतायो भने मात्रै उसको उमेर पत्ता लाग्छ।

चीन, सिंगापुर, जापान, कोरिया, भियतनाम, कम्पोडिया, लाओस आदि देशमा १२ वटा जीवजन्तु क्रमशः मुसा, गोरु, बाघ, खरायो, ड्राइगन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, बँदेलको आधारमा वर्षहरूको नाम  रहेको हुन्छ। यी जीवजन्तुका वर्ष जनाउने सिंगो १२ वर्षे चक्रलाई ‘ल्होको र च्युङ्नी’ भनिन्छ। यही १२ जीवले भोग गर्ने वर्षचक्र ल्होको र रल्होखोर्लो हुन्छ, जसमा एउटा जीव संकेत वर्षबाट अर्को जीव संकेत वर्ष फे रिने दिन नै ल्होछार र लोसा र उत्सव मनाउने दिन हो।

यी प्रत्येक १२ जीव ल्होसँग थप एउटा तत्व पनि जोडिएको हुन्छ, यसलाई तामाङ भाषामा ‘पाँच खाम’ वा ‘ज्युङ्बा ङा’ तथा चिनियाँ भाषामा ‘वु सिङ’ भनिन्छ। यो तत्वीय वर्ष गणना परम्परामा सिर्जनात्मक सम्बन्ध  र भूमिका निर्वाह गर्ने पाँच तत्व काठ, आगो, पृथ्वी, धातु, पानी  रहेको हुन्छ। यी प्रत्येकले याङ पुरुष  र यिङ स्त्री प्रभावको संकेत गर्छन्। यो पाँच खाम तत्वहरू प्रत्येक १२ वर्षका जीवसँग जोडिए र आउँछन्। जस्तोः यसपालि च्या (फलाम), फो (पुरुष) जीवा (मुसा) वर्ष परेको हो।

चिनियाँ तत्वीय खगोलशास्त्र  र ज्योतिषशास्त्रमा आधारित यो परम्पराको वर्ष, महिना, दिन, घन्टा आदि गणना गर्ने विधि भारत तथा नेपालको चन्द्र पात्रोसँग समेत मेल खान्छ। तसर्थ, प्रथम चन्द्र महिनाको प्रथम दिन ल्होछार पर्ने भएकाले चीन, सिंगापु र, मलेसिया, भियतनाम, लाओस आदि देशमा यसलाई चन्द्र नयाँ वर्ष लुना र न्यु इयर पनि भनिन्छ। यही कारण ल्होछारको दिनलाई चिनियाँ भाषामा सिन नियन नयाँ वर्ष, युआन नियन चन्द्र नयाँ वर्ष पनि भनिन्छ। यही नयाँ वर्षलाई चिनियाँहरूले ऋतु परिवर्तनको विधिसँग जोडे र वसन्त उत्सव (स्प्रिङ फेस्टिभल) मनाउँछन्।

ऋतु परिर्वतन चक्रको सूर्यको उत्त रायण आरम्भसँगै वसन्त सम्पातदेखि ल्होछार उत्सवहरूको थालनी भएको पाइन्छ। जसअनुसार नेपालमा लोकप्रिय ल्होछारहरू देहाय छन्।

तोला ल्होछार
ऋतु परिवर्तन चक्रको वसन्त सम्पात आरम्भ भएलगत्तै मनाउने नयाँ वर्ष उत्सवलाई ‘तोला ल्होछार’ भनिन्छ। नेपालमा गुरुङहरूले ल्होछारको समय तालिका तोला ल्होछार अनुसार मान्छन्। पौष शुक्लपक्ष प्रतिपदादेखि मनाउने यो ल्होछार पहिले तिब्बत, भुटानमा समेत मनाउने गरिन्थ्यो।

सोनाम ल्होछार

चन्द्रपात्रो अनुसा र चिनियाँहरू, नेपालका तामाङहरू, हुम्ली, मुगाली, डोल्पाली, मुस्तांगी, योल्मो, थकाली, दुरा, जिरेल, थामीहरू आदिले प्रथम चन्द्र महिनाको प्रथम दिनलाई वर्ष फेरिएको मान्छन्, यही दिनलाई सोनाम ल्होछार भनिएको हो। नेपालमा माघेऔँसीको  राति पुरानो वर्ष सकिन्छ, त्यसको भोलिपल्ट शुक्लपक्ष प्रतिपदादेखि नयाँ उत्सव आरम्भ हुन्छ। यो ल्होछारलाई चीनको तिब्बतस्थित सिगात्चे, ग्याङ्चे, पुराङ्चे लगायत स्थानमा किसानको नयाँ वर्ष सोनाम्पाअी लोसा र भने र मनाइन्छ। नेपालको उपल्लो मुस्ताङ, डोल्पाको तिजि रोङ, मुगुको कर्मारोङ आदि क्षेत्रमा यसलाई छेगो  र रुङ पर्वको नामले चिनिन्छ।

ग्याल्बो ल्होछार
नेपालमा शेर्पा तथा हिमाली क्षेत्रका तिब्बती बौद्ध धर्मावलम्बीहरूको शास्त्रीय विधि तथा पात्रो परम्परा अनुसार तिब्बती चन्द्रपात्रोको प्रथम महिनाको प्रथम दिन ९फागुन शुक्लपक्ष प्रतिपदालाई वर्ष फे रिने दिन मानी ग्याल्बो ल्होछा र मनाइन्छ। तिब्बतका  राजाको संवत् बोअी ग्या लो २१४६० फे रिने दिनलाई ग्याल्बो ल्होछार भने र नामाकरण गरिएको पाइन्छ।

ल्होछार मिथक
ल्होको र च्युङ्नीका बारेमा चीनमा निम्न पौराणिक कथा पाइन्छन्। एउटा चिनियाँ पौराणिक दन्त्यकथा भन्छ– परिनिर्वाण हुने बेला भगवान् बुद्धलाई भेट्न विभिन्न जीवहरू गएका थिए। तीमध्ये सबैभन्दा अघि आउने क्रमशः मुसा, गोरु, बाघ, खरायो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर  र बँदेल जीवलाई बुद्धले चन्द्रपात्रो अनुसारको वर्षचक्रको नाम दिई सम्मान गरेका थिए।

अर्को कथन अनुसा र एकपटक जाड बादशाहले सबैभन्दा तीक्ष्ण क्षमताको जीव कुन  रहेछ भनी जान्न एउटा प्रतियोगिता आयोजना ग रेका थिए। आफूले तोकिदिएको नदी तर्न सक्षम १२ जीवबाट चन्द्रपात्रोको वर्ष चक्रको नाम दिने निधो बादशाहले ग रेछन्। यही अनुसा र प्रतियोगितामा विभिन्न जीवजन्तुले भाग लिए। उनीहरूमध्ये गोरुले पौडन नसक्ने बि रालो  र मुसालाई आफूले बोके र नदी ता रिदिने वाचा ग रेछ। नदी तर्ने क्रममा बीचमा पुगेपछि मुसाले बि रालोलाई धकेलिदियो  र आफू गोरुको कानभित्र पसे र बस्यो। जब खोला तरेपछि गोरुले आफ्नो ढाडमा  रहेका मित्रलाई ओ राल्न खोज्यो, मुसा फुत्त उफ्रे र बादशाहको अगाडि पुग्यो  र प्रथम भयो। त्यसैले मुसा ल्होको र वर्ष चक्रको पहिलो क्रममा पर्न सफल भयो। दोस्रोमा गोरु प-यो, त्यसैग री बाघ, खरायो हुँदै अन्तिममा बँदेल प-यो।

ल्होछार इतिहास
नेपालमा मनाइने पु राना पर्वमध्ये एक हो, ल्होछार। चीनमा नयाँ वर्ष मनाउने परम्परा आजभन्दा ४७०० वर्षअघि सिया साम्राज्यकालमा प्रचलनमा  रहेको पुरातात्विक अभिलेख पाइएको छ। चीनको तिब्बती खगोल तथा ज्योतिषशास्त्रको अभ्यासलाई हेर्दा तिब्बतमा ज्युङ्ची तत्वीय खगोल तथा ज्योतिषशास्त्र इसापूर्व दोस्रो शताब्दीका तिब्बती प्रथम  राजा ङ्याठ्री जाङ्पोकालमा देखा प रिसकेको इतिहास पाइन्छ।

सातौँ शताब्दीमा तिब्बती  राजा स्रङचङ गम्पोकी  रानी चिनियाँ  राजकुमा री ९वेनच्याङ०ले आफूसँगै प्राचीन चिनियाँ तत्वीय ज्योतिष तथा खगोलशास्त्रका ग्रन्थहरू ल्याएको इतिहास भेटिन्छ। चीनबाट आएको हुनाले नाग्ची वा ग्यानक–ची ग्याची चिनियाँ ज्योतिष का नामले स्थान पाएका छन्। नेपालमा यो प रम्प रा स्वयम्भु पु राणकालदेखि देखा प रेको छ। स्वयम्भू महाचैत्यको सम्मुख  रहेको वज्रधातु मण्डलाको ठूलो वज्रमुनि ढुंगामा ल्होको र च्युङ्नीका जीवजन्तु कुँदिएका छन्, जसले जीवजन्तुमा आधा रित संवत् प्रणालीको संकेत गर्दछ। स्वयम्भू महाचैत्यको पूर्वाभिमुख द्वा रमा  रहेको ल्होछा र परम्परासँग सम्बन्धित १२ वर्षे चक्रको बँदेल  रहेको छ। जसलाई स्थानीय नेवा रभाषामा फा, तिब्बती तथा शास्त्रीय तामाङ, योल्मु आदिका भाषामा फाग भनिन्छ।

नेपालका तामाङ लगायतका भाषामा स्वयम्भू महाचैत्यको नाम फाबासिम्बु तथा फाबा सिङगुन  रहनुुसँग यो बँदेल वर्षको सम्बन्ध देखिन्छ। यहाँ बँदेलले फाग–ल्हो अर्थात् बँदेल वर्षमा स्वयम्भू महाचैत्य स्थापना भएको संकेत गर्दछ। यसैग री उपत्यकाको अर्को प्रसिद्ध बौद्ध–महाचैत्यको स्थानीय नाम ‘ज्यारुङखास्यो र’ हो। ‘ज्या’को अर्थ च रा वर्ष, रुङको अर्थ सह र÷वस्ती, खाको अर्थ मौखिक, स्यो रको आदेश हुन्छ। यहाँ यो चरा वर्षले बौद्ध महाचैत्यको स्थापना भएको संवत्को जनाउ दिन्छ। यसलाई पुष्टि गर्ने गरी प्रत्येक ज्या ल्हो चरा वर्षमा बौद्धमहाचैत्यमा ‘बाह्रवर्षे मेला’ लाग्ने गर्छ।

ल्होछा र विधि
ल्होछार सांस्कृतिक उत्सवलाई निम्न तीन च रणमा मनाउने ग रेको पाइन्छ– पूर्वतया री, ल्होछा र उत्सव  र ल्होछा र बिदाई। एक महिना अघिदेखि नै ल्होछा रको तया री सुरु हुन्छ। यो समयमा सामूहिक रूपमा गाउँटोल, बाटोघाटो, आँगन, चौता रा, पानीपँधे रो, गोठ आदि मर्मत, सफासुग्घ र  र लिपपोत ग रिन्छ। बिदेसिएका आफन्तजनलाई बोलाइन्छ। आवश्यक सामग्री ९सामल, अन्नपात आलु, भ्याकु र, तरुल आदि संकलन ग रिन्छ। आगामी वर्षको खेती बालीनाली  राम्रो होस् भनी बिउविजन पानीमा भिजाई टुसाउने बनाउँछन्। नयाँ वर्ष लाग्नुअघि नसकिएका वा अधु रा तान बुन्ने लगायत काम सम्पन्न गर्ने, पूरै बुनिनसकेको भए पनि जति सकेको छ, त्यही अवस्थामा सक्ने ग रिन्छ।

उत्सवको अघिल्लो साँझ ९औँसीको  रात गुम्बाहरूमा बत्ती बाल्ने, आ–आफ्नो थ र, कुल  र वंशको परम्पराअनुसा र ग्याची विगत वर्षभरिको नराम्रा कामका प्रतीक ल्होको र च्युङ्नी बनाए र मन्साउने, आँगनमा आगो बाले र  रमाइलो गर्ने  र नयाँ वर्षको स्वागतमा बत्ती बाले र घरका झ्याल ढोका सबै खुला  राख्ने गरिन्छ। अँध्या रोलाई उज्यालोले हटाएजस्तै परिवारमा सधैं उज्यालो  र खुसियाली छाओस् भनी बेलुका बालेका बत्ती  रातभ र निभ्न दिइँदैन। यसै दिन गुथुग्पा नौ थोक मिलाए र बनाएको क्वाँटी पकाए र खाइन्छ। गुथुग्पामा कोइलालाई पिठोमा पोको पारेर पकाइने  र जसको भागमा त्यो पर्छ, त्यसलाई अभागी मान्ने चलन पनि छ। ल्होछारको दिन मूलतः निम्न कार्य सम्पन्न गरिन्छ।

छो प्रसाद चढाउने
ल्होछा रको दिन घ रमूली, जेठोबाठो सदस्यले बिहान सबे रै नुहाए र चोखो भई आफ्नो घ रको देवस्थल लाखाङ वा छ्योअीखाङ मा भगवान् बुद्धको तस्बि र  राखिएको हुन्छ। जसमा चोखो पानी, साङ धूप, छेमा /फेमा र चिनी मिसाइएको चम्पाको पिठो दुची अमृत, छो प्रसादका रूपमा फलफूल, कन्दमुल–आलु, भ्याकु र, तरुल, खाप्से  रोटी, बाब र गेङ आदि पकवान्न चढाइन्छ। यसो गर्दा साङसे रकेम पूर्खाहरूप्रति धन्यवाद ज्ञापन गर्ने, धनधान्य वा समृद्धिका लागि आशीर्वाद माग्ने गरिन्छ। त्यसपछि परिवारका सदस्यहरू तथा घरमा आउने पाहुनाहरूलाई नयाँ वर्षको शुभकामनासहित प्रसाद बाँड्ने गरिन्छ।

आशीर्वाद दिने र लिने
ल्होछारको दिन घरको अनुष्ठान सकेपछि सुख, शान्ति, निरोगी  र दीर्घायूको कामना गर्दै परिवारका सदस्यजनलाई ज्येष्ठ व्यक्तिबाट नौनी घिउ तथा कोकोम्हेन्दो टीका, खादा लगाई आशीर्वाद दिने ग रिन्छ। सानाले आफूभन्दा ठूलालाई दण्डवत गरी खादा चढाइन्छ, जेष्ठ व्यक्तित्वबाट दक्षिणा दिई सुख शान्तिको कामना गरिन्छ। ल्होछारका अन्य दिनमा डोनशोल पितृभोज खानेरखुवाउने, साथीसंगीसँग नाचगान,  रमाइलो गर्ने, विभिन्न खेल तीर हान्ने, छेलो हान्ने खेलिन्छ। सामूहिक रूपमा संयुक्त दाज्र्यु उठाई सबैले ल्ह ग्याल्लो दुद् फाम्मो देवताको जित माेरको हाे र भनी खुसियाली स्वरूप चम्पाको पिठो आकाशमा उडाई हर्ष बढाइँ गरी शुभकामना आदान–प्रदान गरिन्छ।

दर्जु उठाउने
ल्होछा रको दिन समस्त प्राणीको कल्याण  र समृद्धिका लागि घ र–आँगन तथा गाउँ व रिप रिका डाँडाहरू, गुम्बा, मठ–मन्दि रमा लुङद र/दाज्र्यु झन्डा फहराउने गरिन्छ। दज्र्यु  राख्दा आफ्नो ल्हो अनुसार ची ९पात्रो०मा लामालाई हे राउने गरिन्छ। दाज्र्युमा बौद्ध मन्त्र तथा धारणीहरू छापिएको हुन्छ।

ल्होछारपछि
ल्होछार उत्सवलाई हर्षोल्लासपूर्वक मनाउँदै खासग री १५ दिन ९पूर्णिमा० सम्म मनाइन्छ। ल्होछारको अन्तिम बिदाइको दिनलाई ‘लो प्रीवा थुम्बा’ भनिन्छ। यस दिनलाई चिनियाँहरू ‘युआन स्याउ जे लालटिन फेस्टिभल भन्छन्। यसरी सामूहिक रूपमै आउँदो वर्षभ रिको अन्नबाली  राम्रो होस् भनी भूमिपूजा, मंगलपूजा, प्रीतिभोज, वनभोज तथा सांस्कृतिक कार्यक्रम आदिको आयोजना गरी मैत्री एवं भावनात्मक हर्षोल्लासपूर्ण वातावरणमा ल्होछार पर्वको समापन समारोह आयोजना गरिन्छ।

प्रकाशित: ११ माघ २०७६ ०७:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App