२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बेलायती टोलीले गरे पतौरा र सिम्रौनगढको अध्ययन

रौतहट- रौतहटको मौलापुर नगरपालिकाको पतौरा र बाराको सिम्रौनगढमा रहेको ऐतिहासिक पुरातात्विक वस्तुहरुको बेलायती टोलीले अध्ययन गरेको छ। बेलायतको दुर्हम विश्वविद्यालयबाट आएको टोलीले मौलापुरमा र सिम्रौनगढमा दुई/दुई दिन ऐतिहासिक तथा पुरातात्विक सम्पदाको स्थलगत अध्ययन गरेको हो।

रौतहटको पतौरामा रहेको भूतनाथ महादेवको मन्दिर निकै पुरानो भएको र कर्णाटकालीन अवशेष भेटिएको प्रारम्भिक अध्ययनले देखिएको छ। पुरातत्व तारानन्द मिश्रको नेतृत्वमा पनि पतौराको पुरातात्विक अध्ययन गरिएको थियो। यसपछि बेलायती टोलीले पनि जमिनको गरिने एक्सरे मेसिनले अध्ययन गरेको थियो। टोलीले गरेको अध्ययनको विस्तृत विवरण केही महिनापछि आउने बताइएको छ।

बाराको ऐतिहासिक सिम्रौनगढको धेरैपटक अध्ययन गरिएको भए पनि विदेशीले पहिलो पटक मेसिनको सहाराले सिम्रौनगढको पुरातात्विक अध्ययन गरेको हो। सिम्रौनगढको पुरातात्विक अध्ययनको क्रममा स्थानीयबासीले ठूलो सहयोग गरेको थियो।

दुई सदस्यीय बेलायती टोलीले चार दिनसम्म रौतहट र बाराको दुई ऐतिहासिक स्थलको अध्ययन गरेको थियो।  

प्रकाशित: ८ माघ २०७६ १४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App