१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचनको मिति घोषणा गर्न कांग्रेसकाे सरकारलाई दबाब

फाइल तस्बिर ।

काठमाडौं–सत्तारुढ नेपाली कांग्रेसले तत्काल स्थानीय निर्वाचनको मिति तोक्न सरकारलाई दबाब दिने निर्णय गरेको छ। कांग्रेसले स्थानीय निकाय वा स्थानीय तह जुनको निर्वाचन गरेपनि हुने निर्णय गरेको छ। सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको वर्तमान र पूर्व पदाधिकारीको बैठकले निर्वाचनको मिति तोक्न सरकारलाई दबाब दिने निर्णय गरेको महामन्त्री शशांक कोइरालाले जानकारी दिए।

बैठकले निर्वाचन आयोगमा रिक्त पदाधिकारी तत्काल नियुक्त गर्नपनि सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ। ‘स्थानीय निकाय वा तह जेको  निर्वाचन गरेपनि तत्काल मिति घोषणा गर्नुपर्छ भन्नेमा अधिकांश पदाधिकारीको एकमत रह्यो,’ महामन्त्री कोइरालाले भने, ‘त्यसकालागि निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्ती गर्ने र निर्वाचन सम्बन्धी कानुन तत्काल संसदमा ल्याउन सरकारलाई दबाब दिने निर्णय भएको छ।’

प्रमुख प्रतिपक्ष एमालेलगायतका विपक्षी दलले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदन चल्न नदिने अडान दिइरहेका बेला कांग्रेस पदाधिकारी बैठकले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई नरोक्ने निर्णयसमेत गरेको छ।

बैठकले प्रमुख प्रतिपक्ष एमालेलाई  तत्काल संसद सुचारु गर्न दबाब दिने निर्णय गरेको महामन्त्री कोइरालाले जानकारी दिए।  यसैगरी बैठकले निरन्तर संसद स्थगित नगर्न सभामुखलाई आग्रह गर्ने निर्णयसमेत गरेको छ। प्रतिपक्षको अबरोधकाबीच सभामुख ओनसरी घर्तीले संसद बैठक स्थगित गर्दै आएकी छन्।
 
 

प्रकाशित: ११ पुस २०७३ ०५:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App