१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लाप्राकको एनआरएन नमुना वस्तीको काम सकियो, हस्तान्तरण तयारी

लण्डन - गैरआवासीय नेपाली संघ (एनआरएनए) को सक्रियतामा भूकम्प पीडितको लागि गोरखाको लाप्राकमा निमार्णधिन एनआरएन नमुना बस्तीको निमार्ण कार्य सम्पन्न भएको छ। 

गैरआवासीय नेपाली संघले सोमवार पोखरामा आयोजित एक पत्रकार सम्मेलनमा आफ्नो दायित्वमा रहेको सम्पूर्ण काम सकिएको जनाएको हो।  

गण्डकी प्रदेशको पोखरामा सम्पन्न  संघको ७१ औं बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष कुमार पन्तले    नेपालमा लगानी, काठमाडौंमा बन्दै गरेको सार्वजनिक शैचालय, लाप्राक परियोजना, नेपाल भ्रमण वर्ष २०२० लगायतका विषयमा जानकारी दिए। पन्तले  संघको जिम्मेवारीमा रहेको लाप्राक परियोजनाको सम्पूर्ण काम सकिएको जानकारी दिए। उनले भने 'अहिले लाप्राक पूर्ण रुपले हिउँले छोपिएको छ हिउँ पग्ले पछि बाँकी रहेको काम गरेर हस्तान्तरण गछौं।'

गण्डकी प्रदेशको पोखराको रुपाकोट रिसोटमा माघ ४ र ५ गते २ दिनसम्म चलेको बैठकमा संस्थाको संस्थागत सुदृठिकरणका साथै आगामी कार्ययोजनाका बारेमा बृहत छलफल भएको संघ महासचिव डा. हेम राज शर्मा जनाए। संघले सम्मेलन मार्फत १४ बुँदे निर्णयहरु सार्वजनिक गरेको छ।  

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकमा विभिन्न मुलुकबाट आएका संघका आइसीसी पदाधिकारी, आइसीसी सदस्यहरु, संरक्षक तथा सल्लाहकारहरु गरी ५८ जना सहभागी भएको संघले जनाएको छ। संघले काठमाडौ महानगरपालिकाबीच नमुना सार्वजनिक शौचालय निर्माण गर्ने सम्झौता भए अनुसार उक्त कार्य अघि बढाउन बैठकमा सहभागी सदस्यहरुबाट ४० लाख रुपैयाँ सहयोग संकलन गरेको छ।  

 

 

प्रकाशित: ६ माघ २०७६ ०८:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App