१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विद्यालयमा आगजनी

फलेवास (पर्वत)– दक्षिण पर्वतको शालिग्राम गाविसस्थित सेतीवेणीबजारमा रहेको शालिग्राम माविमा अज्ञात व्यक्तिको समूहले गएराति आगजनी गरेका छन् ।

राति १२ बजेको समयमा विद्यालयमा आगजनी गरिएको हो । आगजनीबाट विद्यालयका महत्वपूर्ण कागजात र लाखौँ मूल्यका फर्निचर नष्ट भएका छन् । सेतीबेनी बजारका रेशम न्यौपानेको पसलमा प्रवेश गरी चोरीको प्रयास गर्दा स्थानीयवासीले थाहा पाएपछि विद्यालयमा पुगेको उक्त चोरको समूहले नै आगजनी गरेर भागेको स्थानीय प्रहरी चौकीले जनाएको छ ।

आगलागीबाट २०२८ देखि २०६० साल सम्मका महत्वपूर्ण आर्थिक तथा अन्य कागजात जलेर नष्ट भएको स्थानीयवासी प्रेम भुसालले जानकारी दिए।

प्रकाशित: १० पुस २०७३ ०५:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App