सबैका सामु पिसाब फेर्दा...

मङ्गलबार, २९ पुष २०७६, १८ : ४३ नागरिक

प्लेन चढ्ने हतारो सबैलाई छ। सबै जना प्रतीक्षालयमा कुरिरहेका छन्। प्लेनमा चढ्न आग्रह गर्ने बेला हुनै लागेको छ। यस्तोमा सबै अधैर्य भइरहेका छन्। तर एक जना यात्रु भने आफू बसिरहेको ठाउँमा पेन्टको जिपर खोल्छन् र त्यहीँ तुर्क्याउँछन्, सुसु !

छेउका मानिसहरु अचम्म र उदेक मानेर केही क्षण हेर्छन्, अर्को क्षण लाज मान्छन्। यतिबेला यो भिडियो इन्स्टाग्राममा निकै भाइरल भइरहेको छ। भाइरल भिडियोमा पोस्ट गर्ने व्यक्तिले लेखेका छन्, ‘पिस् अफ, २०१९ ! अर्को वर्ष भेटौँला !! (अँ, यो हवाई यात्रुले टर्मिनलमा प्लेन कुर्दाकुर्दै सुइँक्याएको हो ! कस्तो लाज पचेको !)

तीन लाखभन्दा बढी मानिसले यो भिडियो हेरिसकेको भए पनि तल टिप्पणी गर्नेहरुले लेखेका छन्, ‘छ्या ! कस्तो कार्बाही नगरेको होला !’

कार्बाही त परेको कुरा, कुन विमानस्थलमा यस्तो घटना घटेको हो समेत नखुलेका कारण यसबारे टिप्पणी गर्नु बेकार रहेको केहीको धारणा पोस्ट मुन्तिर देखिन्छ।

अर्को एउटा भिडियो ट्वीटरमा पोस्ट गरिएको छ, जसमा एउटी महिलाले आफ्नो गोडाको बूढी औँलाले प्लेनको सिटअगाडिको स्क्रिनलाई टच गर्दै फिल्म छानिरहेकी छन्। यो भिडियो पोस्ट गरेपछि उनले लेखेकी छन्, ‘यिनको बूढी औँलामा पक्कै पनि ब्याक्टेरिया थियो होला ! अब अर्को प्यासेन्जरले हातले स्क्रिन स्वाइप गर्दा त्यो ब्याक्टेरिया सर्ने होला ! हामीलाई सामान कसरी प्रयोग गर्ने भन्ने पनि कस्तो थाहा नभएको होला ?’

केहीले सो भिडियोमाथि टिप्पणी गरेका छन्, ‘तिनको हात नहुन पनि त सक्छ ! अनि सबैको गोडामा ब्याक्टेरियाको घर हुन्छ भन्ने के ग्यारेन्टी ?’

(शुक्रबारबाट)

 






यसमा तपाईको मत

अन्य समाचार

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट  प्रालिसँग सम्झौता...

Ncell Footer Ad