१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नागरिककर्मी परियार 'उत्कृष्ट सहकारी पत्रकारिता' बाट पुरस्कृत

रुपन्देही- नागरिककर्मी विनोद परियार 'उत्कृष्ट सहकारी पत्रकारिता' पुरस्कारबाट पुरस्कृत भएका छन्। सोमबार बुटवलमा बचत तथा ऋण सहकारी संघ रुपन्देहीको १४ औं वार्षिक उत्सवका अवसरमा उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार २०७४ बाट परियार पुरस्कृत भएका हुन्। उक्त पुरस्कार नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा संघले स्थापना गरिएको हो।

राष्ट्रिय सहकारी महासंघको केन्द्रीय सञ्चालक भिम तुलाचनले नगद १० हजार रुपैयाँ र सम्मानपत्रले पुरस्कृत गरेका हुन्। परियार बुटवलमा १४ वर्षदेखि पत्रकारितामा क्रियाशिल छन्। यस्तै बुटवल टुडे दैनिकका पत्रकार कृष्ण खनाल उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत भएका छन्।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सञ्चालक तथा जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष तुलाचनले सरकारले ल्याएको नीति अनुसार सहकारी संस्थाहरु उत्पादनसँग जोडिन कठिनाई भइरहेको बताए।

सरकारले सहकारीलाई उत्पादनसँग जोड्न भनेपनि सरकारकै ४८ वटा ऐनहरुले त्यसलाई रोक्ने काम गरेको बताए। उनले बाधक बनेका ऐनलाई संशोधनका लागि पहल गरेको बताए। राष्ट्रिय सहकारी संघका सञ्चालक राम कृष्ण खाँणले सहकारीहरु ब्याज लिने र ऋण दिने काममा मात्रै सिमित हुन नहुने बताए।

प्रकाशित: २८ पुस २०७६ १०:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App