२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपाललाई एकीकृत गर्ने काम पृथ्वीनारायण शाहले नै गर्नु भएको होः डा. महत

काठमाडौं - नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले प्रशासनिक रुपमा एकीकृत गर्ने काम पृथ्वीनारायण शाहले गरेको बताएका छन्। आइतबार पृथ्वीनारायण शाहको जन्मजयन्तिको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर महतले यस्तो बताएका हुन।

उनले नेपाल र लोकतन्त्र एक अर्काको अभिन्न कुरा भएको भन्दै नेपाललाई विकशित बनाउन लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउनु पर्ने तर्क गरे। सहमहामन्त्री महतले सरकार कुटनैतिक हिसाब असफल साबित भैसकेको पनि बताए। उनले सीमा अतिक्रमणतिर संकेत गर्दै भने ‘यो सरकार जहाँ संवाद गर्नुपर्ने हो त्यहा मौन बस्ने गरेको छ र जहाँ मौन बस्दा पनि हुन्छ त्यहा बोल्ने गरेको छ।

’कांग्रेस लोकतन्त्र,विधिको शासन र स्वतन्त्रताको लागि लडेको भन्दै अझैपनी यी कुराका लागि लडिरहने प्रतिबद्धता समेत व्यक्त गरे। नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारलाई मनलाग्दी गर्न र संविधानको उलंघन गर्न जनताले मतदान नगरेको भन्दै अहिलेको सरकार त्यतातिर अग्रसर भएको आरोप लगाए। उनले सरकारले संविधान मिच्ने स्वतन्त्रता खोस्ने काम गरिरहे नेपाली कांग्रेस र नेपाली जनताले त्यसको प्रतिकार गर्ने सरकारलाई चेतावनी दिए।

प्रकाशित: २७ पुस २०७६ ०६:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App