१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लोकमानमाथि दुर्व्यवहार गर्ने अभियुक्तलाई हिरासतमा राख्न ७ दिन म्याद थप

काठमाडौं– अख्तियार दुरुपयोग अुनसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीमाथि दुव्र्यबहार गर्ने दुई अभियुक्तमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत प्रहरीले अनुसन्धान सुरु गरेको छ।

महानगरीय प्रहरी परिसरको हिरासतमा रहेका दुई अभियुक्तमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत अनुसन्धान अघि बढाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले ७ दिनको म्याद थप गरिसदिएको प्रहरी परिसरका एसपी प्रद्युम्न कार्कीले जानकारी दिए।

‘जिप्रका काठमाडौंले सार्वजनिक अपराध ऐनअन्तर्गत अनुसन्धानका हिरासतमा राख्ने न्यायिक म्याद शुक्रबार ७ दिनका लागि थपिदिएको छ,’ उनले भने, ‘दुबैको प्रारम्भिक बयान सकिएपछि थप अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद प्रहरीले मागेको थियो।’

आफूविरुद्धको मुद्दाको पेशीका लागि बिहीबार सर्वोच्च अदालत पुगेका कार्कीमाथि नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका विद्यार्थी नेताहरु प्रवल शाही र चन्द्रबहादुर बुढाले मुक्का प्रहार गर्दै कालोमोसो दलेका थिए।

कसुर प्रमाणित भए कसुरदारहरुलाई १० हजार जरिवाना र १ वर्ष जेल सजाय हुन सक्ने देखिएको छ।

प्रकाशित: ८ पुस २०७३ ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App