१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डाँका मुद्दाका फरार अभियुक्त पक्राउ

लहान- सिरहा प्रहरीले डाँका मुद्दामा अदालतबाट कैद फैसला भएका एक जनालाई पक्राउ गरेको छ।

जिल्ला अदालत सिरहाबाट डाँका मुद्दामा ६ वर्ष कैद र एक लाख ८० हजार रूपैयाँ जरिवानाको सजाय पाएर फरार सिरहाको कल्याणपुर नगरपालिका–८ निवासी ४० वर्षीय मोहम्मद मुस्तुफा हुसेन मियाँ पक्राउ परेको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

अदालतले २०७१ वैशाख ३० गतेको फैसला आदेश दिए लगत्तै फरार रहेका मियाँलाई आफ्नै घरमा लुकीछीपि बसिरहेको अवस्थामा पक्राउ गरिएको हो।

प्रकाशित: २६ पुस २०७६ ०७:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App