१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चीनसँग जोडिँदा कर्णालीमा खुसी

जुम्ला- चीनसँग जोडिन पाएकोमा कर्णालीमा खुसीयाली छाएको छ। हिल्सा–सिमीकोट सडक आयोजना सुरु भएको १९ वर्षपछि तिब्बत सिमानाको हिल्सामा पुल निर्माणले कर्णालीवासीमा खुसीको सञ्चार गराएको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार उक्त पुल उद्घाटनसँगै चीन नाकासँग कर्णाली सडक सम्पर्क भएको हो।

चीनको स्वशासित क्षेत्र तिब्बतअन्तर्गत बुराङ काउन्टीको ताक्लाकोट जोड्ने हिल्सा पुलको निर्माण भई सञ्चालनमा आएपछि सिंगो कर्णालीमा खुसीको बहार सिर्जना भएको हो।

पुल नबन्दा चीनको सिमाना ताक्लाकोटदेखि भारी बोकेर पैदल हिँड्नुपर्ने अवस्थाबाट मुक्ति पाएकोमा हुम्लावासी खुसी छन्। उनीहरुले झोलंुगे पुलको यात्रा टुगिएको प्रतिक्रिया दिए।   ताक्लाकोटबाट गाडीमा ल्याएको दैनिक उपभोग्य तथा निर्माण सामग्री पुल नहुँदा खच्चर र पिठ्युँमा बोकेर सिमानामा र्पुयाउनेु पर्ने वाध्यता थियो।

अहिले हुम्लास्थित हिल्सा नदीमा तिब्बत जोड्ने मोटर–पुल सञ्चालनमा आएको छ । पुल निर्माण भएपछि समग्र कर्णाली र तिब्बतको व्यापारिक सम्बन्ध विस्तार हुने अपेक्षा गरिएको छ।  पुल निर्माणले कैलाश मानसरोवर दर्शन गर्न जाने तीर्थयात्रीलाई सहज हुने भएको पुर्व पर्यटन राज्यमन्त्री वल वहादुर महतले वताए। उनले भने चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न सहज हुनुका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने छ।

 उनले भने अब कर्णालीवासीलाई  तिब्बतबाट ऊनदेखि नुनसम्मका सामग्री आयात गर्न सजिलो हुनेछ,। हिल्सा पुलले पारि तिब्बत, वारि लिमी र मुचु गाविसलाई जोडेको हो । पुर्व पर्यटन मन्त्री महतले चिन कर्णाली जोडिदा कर्णालीलाई निकै फाईदा पुग्ने वताए। उनले भने कर्णालीमा रहेका तिन वटा उत्तरी नाका मध्ये हिल्सा नाका खुलेको छ। अव कर्णालीको मुहार वदल्ने हैसियत चिनिया वजारले राख्न सक्छ। 

कर्णालीवासीले हाल सम्म दक्षिण तिरको नुन देखि सुन सम्म प्रयोग गरेको भन्दै अव नजिकै नाकावाट सस्तो हिसावमा दैनिक उपभोग्य सामान, लत्ताकपडा ल्याउन सक्ने अवस्था रहने वताए । उनका अनुसार सिधै चाइिना कर्णालीका व्यापारीका विचमा एक आपसमा समन्वय र सहकार्य वढेर कर्णालीलाई व्यापारी केन्द्रको रुपमा स्थापना गर्न सहयोग मिल्ने छ।  कर्णालीका उत्तरी नाका नखुल्दा अहिले व्यापारीले यार्सा निर्यात गर्न निकै झझट खेप्नु परेको छ उनले भने अव यार्सा व्यापारीले गाडी रिजर्भ गरेर सहजै रुपमा चाईना सम्म यार्सा लिन सक्नेछन।  अहिले नेपाल खाद्य संस्थानको मुल्य भन्दा कम मुल्यमा हुम्लावासीले चिनको चामल प्रयोग गर्दै आईरहेका छन उनले भने अव कर्णालीवासीले नै उपभोग गर्न पाउने छन।

 हुम्ला नाका खोलेर मात्रै नभई अव कर्णाली भरी सडक सञ्जालले जोडेने खाले योजना तजुमाका लागि राज्यले चासो लिनु पर्ने देखिन्छ।  जाजरकोटवाट कर्णाली जोड्न चार वटा नाका छन। डोल्पा केहि वर्षमै जुम्ला संग जोडिदैछ। छिटोे छरितोका लागि दुई भागमा सडक वनाउने काम भईरहेको छ। पातारासीवाट डोल्फु हुदै नाक्चा लाग्न जोड्ने कार्य शुरु भईसकेको छ।  जुम्लावाट कालिकोट जोड्न पातरखोला, र ओदिको नाकावाट वाटो खुल्दैछ।  मुगु संग कालाकाडा , घुच्ची भएर जुम्लालाई जोड्न लार्गिको छ। उर्थु हुदै मुगु हुदै चंखेली हुदै हुम्ला जोड्न योजना निर्माण भईसकेको छ। त्यसैले अव हुम्लामा खोलिएको हिल्सा नाकाले ६ नम्वर प्रदेशलाई नै सहयोग पुग्ने देखिएको स्थानिय वताउछन।

 कर्णालीको पाँच वटै जिल्लाको चारैतिरवाट सडक जोड्ने हिसावले सडक योजना निर्माण भईरहेको छ। हुम्ला नाका खुलेकोले ६ नम्वर प्रदेशलाई फाईदा पुगेको छ।  यो नाकाले आर्थिक, सामाजिक, सास्कृतिक हिसावले फाईदा पुग्छ। कर्णालीका वुद्धिजीवि धन वहादुर गौतमले भने चिनले कर्णालीलाई जोडेकोमा खुसी छौ। तर नाकालाई हुम्लामै सिमित राख्नु भएन उनले भने जुम्ला संग जोडर जुम्लामा व्यापारीक केन्द्र वनाउनु पहल हुनु पर्दछ। नाका खुलेपछि चिनवाट सहजै रुपमा सस्तो मुल्यका सामान ओसारपसार गर्न सकिन्छ। यो नाका वाट यहाँका अधिकतम मानिसले लाभ लिन सक्छन। जुम्लालाई उत्तरी नाका खोले संगै ६ नम्वर प्रदेशको हव वनाइएमा सवैले फाईदा लिन सक्नेमा उनको जोड छ।   

कतिपय चाईनिज सामान भारत भएर आउने गरेको छ। वैकल्पीक मार्गको रुपमा कर्णालीको हिल्सा नाकालाई लिनु पर्ने उनको भनाई छ ।  नेपालकै दोश्रो स्तुपा जुम्लाको सिंगाचौरमै वन्दैछ। हुम्लावाट मुगु जोडेर जुम्ला सम्म वाटो जोडे लाखौ वौध धर्मालम्वीहरु आउनेछन। कर्णाली   पर्यटक आकर्षणको केन्द्र वन्नेछ ।   उत्तरी नाकाले कर्णालीको भविष्य उज्वल हुने देखिन्छ पर्यटन राज्यमन्त्री महत वताउछन।

हिल्सा नाकामा वनको पुलको लम्बाइ ५४ मिटर र चौडाइ ६ मिटर छ। यो पुलको निर्माण कार्य २०६८ मा थालिएको थियो। करिब ६ वर्षमा ६ करोड ५० लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो।  हिल्सादेखि तुमकोटसम्म सडक निर्माण भइसकेको छ। अब सिमकोट पुग्न करिब ६ किलोमिटर मात्र बाँकी छ। 

कर्णालीको उत्तरी हिल्सा नाका खोलिए संगै कर्णालीका जिल्लालाइ एक आपसमा जोड्ने सडक निर्माण गर्नु अपरिहार्य देखिन्छ।

प्रकाशित: ८ पुस २०७३ ०२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App