१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पहिलो कार्यक्रम नै विवादमा

काठमाडौं - नेपाल भ्रमण वर्ष २०२० घोषणा गरी प्रचारप्रसारमा जुटेको सरकारले विदेशी भूमिमा गरेको पहिलो कार्यक्रम नै विवादमा परेको छ। यही जनवरी १ मा काठमाडौंको दशरथ रंगशालाबाट नेपाल भ्रमण वर्ष २०२० घोषणा गर्दै २० लाख पर्यटक ल्याउने लक्ष्य राखेको सरकारले विदेशी मुलुकमा पनि प्रचार–प्रसार गर्ने योजना बनाएको छ। यही योजना अनुसार अस्ट्रेलियाली नागरिकलाई निम्ता दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई गत शनिबार त्यसतर्फ लागेका थिए।

भ्रमण वर्ष घोषणापछि यो उनको पहिलो प्रचारप्रसार कार्यक्रम थियो। यही कार्यक्रम विवादमा आएको हो। मन्त्री भट्टराई र अस्ट्रेलियाको न्यू साउथ वेल्सका सभामुख जोनाथन ओडियाले मंगलबार अस्ट्रेलियाको राजधानी सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटनमा सभामुख ओडिया समावेश भए पनि त्यसअघि ¥याली लिएर सिड्नीस्थित ओपेरा हाउस जान खोजेको नेपाली टोलीलाई त्यहाँका सुरक्षाकर्मीले रोकेका थिए। विवाद यहीँ देखिएको हो।

तीन महिनादेखि जारी आगलागीका कारण अस्ट्रेलिया राष्ट्रिय संकटमा परेको छ। दुई दर्जनभन्दा बढी मानवीय क्षति भएको छ भने करोडौंको संख्यामा वन्यजन्तु मरेका छन्। परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अस्ट्रेलियाका समकक्षीलाई समवेदना पठाएका छन्। यही बेलामन्त्री भट्टराई भ्रमणको निम्तो गर्न जानु ठीक समय नभएको बताइएको छ। पर्यटनसम्बद्ध व्यवसायीले देश जलिरहेका बेला भ्रमणको निम्ता दिनु व्यवहारिक नभएको बताए। भ्रमण वर्ष अगाडि आधा दर्जनभन्दा बढी देशमा गएर यसकोे ‘क्याम्पेनिङ’ गरेका मन्त्रीले अस्ट्रेलिया जान हतार गरेको व्यवसायीको धारणा छ।

‘नेपाल भ्रमण वर्ष हरेक नेपालीको साझा अभियान हो। राष्ट्रिय अभियानको प्रचार–प्रसार त गर्नुनै थियो तर अस्ट्रेलियाको हकमा भने केही हतार गरेको जस्तो देखियो।’

‘नेपाल भ्रमण वर्ष हरेक नेपालीको साझा अभियान हो। राष्ट्रिय अभियानको प्रचार–प्रसार त गर्नुनै थियो तर अस्ट्रेलियाको हकमा भने केही हतार गरेको जस्तो देखियो,’ पछि दबाब पर्न सक्ने भन्दै नाम उल्लेख नगर्न आग्रह गरेका एक प्रतिष्ठित पर्यटन व्यवसायीले बुधबार नागरिकसँग भने, ‘समय अनुकूल छ, छैन हेरेर जानुपथ्र्याे।’

अस्ट्रेलियाको कार्यक्रम पूर्वनिर्धारित नै भए पनि समय हेरफेर गर्न सकिने व्यवसायीको तर्क छ। त्यहाँको परिस्थिति अध्ययन नगर्दा मन्त्रीको आलोचना भएको व्यवसायीको बुझाइ छ। अस्टे«लियामा भएको उक्त घटनाबारे प्रतिक्रिया जनाउने क्रममा लेखक तथा पर्यटन व्यवसायी कर्ण शाक्यले सरकारले सुरु गरेको अभियानलाई असफल पार्न खुट्टा तान्ने काम भएको बताए। ‘भ्रमण भ्रमण वर्ष प्रचार पहिलो कार्यक्रम नै विवादमा वर्षलाई बहुआयामिक पर्वको रूपमा सहयोग गर्नुभन्दा अन्तर्राष्ट्रिय रूपमा विरोध भएको छ,’ उनले भने, ‘राम्रो कामको सकारात्मक थालनी हुनुपर्ने थियो। तर परिस्थितिवस उल्टै आलोचना देखियो।’

भ्रमण वर्ष सफल बनाउन सरकारले निकै मेहनत गरेको भन्दै उनले राष्ट्रिय अभियानबारे समाजिक सञ्जालमा वास्तविकता नै नबुझी चर्चा परिचर्चा गरिएको बताए। ‘मन्त्रीलाई त्यहाँको वस्तुस्थितिबारे जानकारी नहुन पनि सक्छ,’ उनले भने, ‘राष्ट्रकै ठूलो अभियानमा केही साना गल्तीले केही फरक पर्दैन।’

अहिलेकोे अवस्थामा अस्टे«लियामा भ्रमण वर्षको प्रचार गर्नु अनुपयुक्त रहेको अर्का पर्यटन व्यवसायी अशोक पोख्रेलको भनाइ छ। ‘अस्ट्रेलियाले अहिले ऐतिहासिक संकट भोगिरहेको छ। त्यहाँको नागरिक राष्ट्रिय संकटबाट जुधिरहेको बेला छुट्टी मनाउने प्याकेजभन्दा पीडामा राहत आवश्यक छ,’ उनले भने, ‘त्यहाँस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघले समन्वय गर्नुपथ्र्याे, उनीहरू चुके।’

व्यवस्थापकीय कमजोरीका कारण कार्यक्रम भद्रगोल भएको हुन सक्ने उनले अनुमान गरे। जलेको अस्ट्रेलियामा मलम लागाउन स्काउटसहित वा अन्य सहयोगी टिम बनाएर पठाएको भए नेपालले अझ धेरै चर्चा पाउन सक्ने उनको भनाइ छ। स्थानीय आयोजकले समयको ख्यालमात्र गरिदिएको भए लज्जित हुनुपर्ने अवस्था नआउने नागरिकसँगको कुराकानीमा उनले बताए।

मंगलबार ठूलो संख्यामा जम्मा भएका नेपालीले -याली निकालेर ओपेरा हाउस प्रवेश गर्न लाग्दा त्यहाँको प्रहरीले रोकेको समाचार राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले महत्वका साथ सम्प्रेषण गरेका थिए। स्थानीय राजनीतिकर्मी समेत सहभागी उक्त -यालीमा अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, कन्सुलरहरू दीपक खड्का र चन्द्र योञ्जन लगायत सामेल थिए।

ओपेरा हाउससम्म जाने पूर्वनिर्धारित कार्यक्रम रहे पनि सिड्नी काउन्सिलको स्वीकृति नभएका कारण प्रहरीले उक्त ¥यालीलाई ओपेरा हाउस प्रवेश गर्नबाट रोकेको थियो। पूर्वस्वीकृति नलिई गएको टोलीलाई प्रहरीले रोकेपछि मात्र काउन्सिलसँग स्वीकृति लिने प्रयास भएको थियो। काउन्सिलले ब्यानरबिना थोरैलाई मात्र ओपेरा हाउस प्रवेश गर्ने स्वीकृति दिएपछि मन्त्री भट्टराईसहित केही मानिस मात्रै त्यहाँ प्रवेश गरेका थिए।

मन्त्री भट्टराईले आफ्नो फेसबुक अकाउन्टमार्फत सिड्नीमा भएको पर्यटन वर्ष उद्घाटनको कार्यक्रम नबिथोलिएको भन्दै सञ्चार माध्ययममा आएका समाचारमा कुनै सत्यता नभएको दाबी गरेका छन्। सिड्नीस्थित नेपाली दूतावासको आयोजना तथा एनआरएनए लगायत संघ–संथाको सहयोगमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न गर्दै मौन जुलुसमार्फत भ्रमण वर्षको प्रवद्र्धन गरिएको उनले फेसबुक वालमा लेखेका छन्।

उनले ‘काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्रराष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ !’ भनेका छन्। हाल त्यहाँ डँढेलोका कारण कम्तीमा २४ जनाको ज्यान गएको र लाखौं जंगली जनावर मरेको जनाइएको छ। सरकारले अस्ट्रेलियामा डँढेलोले पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै गत सोमबार समवेदनापत्र पठाइसकेको छ।

प्रकाशित: २४ पुस २०७६ ०२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App